२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीय छः पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनमा भूमिगत राजनीति गरेका महिलाहरूको योगदान अतुलनीय रहेको बताएकी छन् ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतिदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले इतिहासको कठिन कालखण्डमा महिलाले पु¥याएको योगदानलाई राज्य र समाजले सधैँ स्मरण गर्नुपर्नेमा जोड दिएकी हुन्।

कार्यक्रममा ‘वर्गीय मुक्ति, लैंगिक समानता र सामाजिक न्यायको योद्धाः भूमिगत महिला’ नामक पुस्तक तथा वृत्तचित्र सार्वजनिक गर्दै उनले समाजको प्रगतिशील रूपान्तरणका लागि महिलाहरूले खेलेको भुमिकाको उच्च प्रशंसा गरिन्। राजनीतिक परिवर्तनमा नेतृत्व तहमा पुगेकाहरूलाई मन्दिरको गजुरसँग तुलना गर्दै उहाँले जग खन्ने महिलाहरूको पसिना पनि सम्झनुपर्ने बताइन् ।

गजुर जतिसुकै उज्यालो देखिए पनि त्यसलाई थामेर राख्ने जग खन्दा पसिना बगाउने हातहरूको पौरख र योगदान सदा स्मरणीय र सम्मानित हुने उनको भनाइ छ ।

नेपालले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र तिनै योद्धाहरूको योगदानको जगमा उभिएको दाबी गर्दै उनले यस्ता ऐतिहासिक अभिलेखीकरणले भावी पुस्तालाई न्याय, समानता र स्वतन्त्रताको मार्गमा अगाडि बढ्न निरन्तर प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।