९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन (फाेटाे फिचर)

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन संसद भवनको अनुगमन (फाेटाे फिचर)
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद भवनको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभा र प्रतिनिधि सभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका छन्।

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ। अध्यक्ष दाहालले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहणका लागि बनिरहेको मल्टीपर्पोज हलको प्रगतिका बारेमा पनि जानकारी लिएका हुन्। सहरी विकास मन्त्रालयका अधिकारीका अनुसार शनिबारसम्म मल्टीपर्पोज हललाई सभाकक्षका रूपमा निर्माण गरिसक्ने बताएका छन्।

साथै भवन परिसरको सरसफाइ पनि गरिने उनीहरूले बताएका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक कक्षहरु तयार हुन भने अझै १/२ महिना लाग्ने उनीहरूको भनाइ छ। अनुगमनका क्रममा अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण र त्यसपछि प्रतिनिधि सभाको बैठकका लागि सबै तयारी गर्न निर्देशन दिए। बैठक हलको अव्यवस्थाका कारण समग्र राष्ट्रकै बेइज्जत हुने स्थिति आउन नहुने भन्दै अध्यक्ष दाहालले रातदिन जसरी हुन्छ, काम द्रुत गतिमा गर्न आग्रह गरे ।