२३ श्रावण २०८३, शनिबार
,
Latest
देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र निजी क्षेत्रका नेतृत्वबिच समसामयिक आर्थिक विषयमा छलफल



अ+ अ-

काठमाडौँ । आज अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रमुख नेतृत्वहरूसँग समसामयिक विषयमा छलफल सम्पन्न भएको छ। कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डे, र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारी उपस्थित थिए।

अर्थमन्त्री खनालले निजी क्षेत्रले प्रदान गरेको सहयोग र पृष्ठपोषणको लागि आभार व्यक्त गर्दै आफ्नो कार्यकालको प्रारम्भिक दिनमा भाद्र २३–२४ गतेका आन्दोलनका कारण बिग्रिएको व्यवसायिक वातावरण र खस्किएको मनोवल पुनःस्थापित गर्नु प्रमुख चुनौती रहेको बताए। उनले साझा प्रयासबाट ती समस्याहरू समाधान भई व्यवसायिक वातावरणमा सुधार आएको विषयमा समीक्षा पनि गरेका थिए ।

उक्त छलफलमा अर्थमन्त्रीले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योगको संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन तथा आर्थिक सुशासन कायम गर्न विभिन्न क्षेत्रबाट आएका सुझावहरू सम्बोधन भइसकेको जानकारी गराए। साथै, वर्तमान परिस्थिति र नीतिगत जटिलताका कारण कार्यान्वयन हुन बाँकी रहेका कार्यक्रमहरू आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने बताए।

निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री खनाललाई निजी क्षेत्रले उठाएका मुद्दा र सुझावमा देखाएको चासोको लागि धन्यवाद व्यक्त गरे। मुलुकको समग्र विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनले दिएको परिणामप्रति आशावादी रहेको धारणा व्यक्त गरे।