३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलमा नयाँ वर्ष २०८३ को अवसरमा सांगीतिक साँझ, सापकोटा र खड्काको प्रस्तुति रहने



अ+ अ-

काठमाडाैँ । पोर्चुगलमा आगामी अप्रिल १९ मा सांगीतिक साँझ आयोजना गरिने भएको छ। नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा चर्चित नेपाली गायक अर्जुन सापकोटा र बिप्लप खड्काले विशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रमको आयोजना डाँफे इन्टरटेन्मेन्टले गर्न लागेको हो।

आयोजकका अनुसार पोर्तुगलमा बसोबास गरिरहेका नेपाली समुदायलाई लक्षित गर्दै सांगीतिक साँझ आयोजना गर्न लागिएको हो। कार्यक्रममा गायक सापकोटा र खड्कासँगै पोर्तुगलमै रहेका नेपाली गायक–गायिकाहरूको पनि प्रस्तुति रहने जानकारी दिइएको छ।

गायक अर्जुन सापकोटाले गाएका ‘झलिको’, ‘पछ्यौरी लिसियो’ र ‘बस्यौ अलक्कै’ जस्ता गीतहरू नेपाली श्रोतामाझ निकै लोकप्रिय छन्। यस्तै, नेपाली गायन रियालिटी शो नेपाली ताराबाट चर्चामा आएका गायक बिप्लप खड्काको प्रस्तुति पनि कार्यक्रममा आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

पोर्तुगलमा रहेका नेपाली समुदायबिच नयाँ वर्षको अवसरमा आपसी भेटघाट, मनोरञ्जन र सांस्कृतिक आदान–प्रदानलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।