१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने



अ+ अ-

काभ्रेपलाञ्चोक । कृषि विभागले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन सामग्री (उपकरण) व्यवस्थापनलाई आगामी वर्षदेखि थप सहज बनाउने भएको छ ।

विभागद्वारा धुलिखेलमा मंगलबार आयोजित दुईदिने ‘कृषि उत्पादन सामग्री व्यवस्थापन’सम्बन्धी सातै प्रदेशका सरोकारवालासँगको छलफलमा विभागका महानिर्देशक निरु दाहाल पाण्डेले कृषि सामग्री व्यवस्थापनमा संरचनागत चुनौती रहेको वताउनुभयो ।

आउँदो नयाँ आर्थिक वर्षको शुरुआतसँगै सहज बनाइने उल्लेख गर्दै उहाँले भन्नुभयो “देशको नयाँ संरचनापछि तीन तहमा कृषि सामग्री व्यवस्थापनमा चुनौती थपिएकाले सहज बनाउने प्रक्रियामा छौँ, आउँदो आर्थिक वर्षदेखि सहज हुन्छ ।” महानिर्देशक पाण्डेका अनुसार सामग्री वितरण तथ्याङ्कका लागि प्रदेश नं १ ले सफ्टवेयर निर्माण गरिसकेको र प्रदेश नं २ निर्माणको चरणमा रहेको छ ।

कार्यक्रममा प्रदेश नं २ कृषि विकास निर्देशनालयका प्रमुख रत्नकुमार झाले सामग्री व्यवस्थापनमा समन्वय गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घले व्यवस्थापन गरेको सामग्री वितरण प्रणालीमा प्रदेशले समन्वय गरी स्थानीय तहमा पुर्याउनेछौँ ।”

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि सामग्री व्यवस्थापनमा तीनै तहले समन्वयात्मक भूमिका खेल्दा आम कृषकलाई सलरीकरण हुने बताउनुभयो । कार्यक्रममा प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका प्रमुख सहदेव हुमागाईँले विषादी प्रयोगको वर्तमान अवस्था र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय विषयक प्रस्तुतिमा अनियमित विषादीको प्रयोगले वातावरण प्रदूषण भई मानव स्वास्थ्यमा भयावह अवस्था सिर्जना हुँदै गएको जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा केही स्थानमा तरकारी राम्रो देखाउन विषदीमा चोपल्ने र विषादी झरेपछि तरकारी टिप्ने निर्धारित मितिअगावै बजारमा लैजाने गरेको पाइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालमा कृषि नीति, कृषि उत्पादनको वर्तमान अवस्था, कृषि सामग्री व्यवस्थापनमा देखिएको चुनौती, फलफूल एवं तरकारी बिक्री–वितरणको अवस्था, निजी क्षेत्रद्वारा कृषि सामग्री तथा बीउ बिक्री–वितरणको अवस्था विषयमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा सातै प्रदेशस्थित कृषि विकास निर्देशनालय, बीउबिजन समिति, औषधि व्यवस्थापन समिति, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका कृषि प्रविधिक प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।