१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने

तीनै तहमा कृषि सामग्री व्यवस्थापन सहज बनाइने
अ अ+ अ-

काभ्रेपलाञ्चोक । कृषि विभागले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन सामग्री (उपकरण) व्यवस्थापनलाई आगामी वर्षदेखि थप सहज बनाउने भएको छ ।

विभागद्वारा धुलिखेलमा मंगलबार आयोजित दुईदिने ‘कृषि उत्पादन सामग्री व्यवस्थापन’सम्बन्धी सातै प्रदेशका सरोकारवालासँगको छलफलमा विभागका महानिर्देशक निरु दाहाल पाण्डेले कृषि सामग्री व्यवस्थापनमा संरचनागत चुनौती रहेको वताउनुभयो ।

आउँदो नयाँ आर्थिक वर्षको शुरुआतसँगै सहज बनाइने उल्लेख गर्दै उहाँले भन्नुभयो “देशको नयाँ संरचनापछि तीन तहमा कृषि सामग्री व्यवस्थापनमा चुनौती थपिएकाले सहज बनाउने प्रक्रियामा छौँ, आउँदो आर्थिक वर्षदेखि सहज हुन्छ ।” महानिर्देशक पाण्डेका अनुसार सामग्री वितरण तथ्याङ्कका लागि प्रदेश नं १ ले सफ्टवेयर निर्माण गरिसकेको र प्रदेश नं २ निर्माणको चरणमा रहेको छ ।

कार्यक्रममा प्रदेश नं २ कृषि विकास निर्देशनालयका प्रमुख रत्नकुमार झाले सामग्री व्यवस्थापनमा समन्वय गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घले व्यवस्थापन गरेको सामग्री वितरण प्रणालीमा प्रदेशले समन्वय गरी स्थानीय तहमा पुर्याउनेछौँ ।”

राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष नवराज बस्नेतले कृषि सामग्री व्यवस्थापनमा तीनै तहले समन्वयात्मक भूमिका खेल्दा आम कृषकलाई सलरीकरण हुने बताउनुभयो । कार्यक्रममा प्लाण्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र ललितपुरका प्रमुख सहदेव हुमागाईँले विषादी प्रयोगको वर्तमान अवस्था र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय विषयक प्रस्तुतिमा अनियमित विषादीको प्रयोगले वातावरण प्रदूषण भई मानव स्वास्थ्यमा भयावह अवस्था सिर्जना हुँदै गएको जानकारी दिनुभयो । उहाँले अनुगमनका क्रममा केही स्थानमा तरकारी राम्रो देखाउन विषदीमा चोपल्ने र विषादी झरेपछि तरकारी टिप्ने निर्धारित मितिअगावै बजारमा लैजाने गरेको पाइएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपालमा कृषि नीति, कृषि उत्पादनको वर्तमान अवस्था, कृषि सामग्री व्यवस्थापनमा देखिएको चुनौती, फलफूल एवं तरकारी बिक्री–वितरणको अवस्था, निजी क्षेत्रद्वारा कृषि सामग्री तथा बीउ बिक्री–वितरणको अवस्था विषयमा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा सातै प्रदेशस्थित कृषि विकास निर्देशनालय, बीउबिजन समिति, औषधि व्यवस्थापन समिति, राष्ट्रिय कृषक समूह महासङ्घ तथा स्थानीय तहका कृषि प्रविधिक प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।