१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ

घुम्ने होइन त भकुण्डे ?

घुम्ने होइन त भकुण्डे ?
अ अ+ अ-

बागलुङ । आउँदो सातादेखि भ्रमण वर्ष शुरु हुँदैछ । बागलुङ घुम्न चाहनेलाई उपयुक्त गन्तव्यस्थल हो, भकुण्डे । तपाईं पनि योजना बनाइहाल्नुस् । भकुण्डे नपुगे बागलुङ घुमघाम अपुरो हुन सक्छ । भकुण्डे पर्यटकीय गन्तव्यमा सूचीकृत गाउँ हो ।

यसको चिनारीमा घरवाससमेत थपिएको छ । बागलुङ नगरपालिका–१० स्थित सो गाउँ अहिले पर्यटकको रोजाइमा छ । गएको कात्तिकमा विश्व भेगन समूहमा आबद्ध युरोप र अमेरिकाका पर्यटकले भकुण्डेलाई रोजे, घरवासमा रात बिताए । त्यसयता चिनियाँ पर्यटकले हेलिकप्टर नै लिएर त्यहाँ पुगे ।

कोरियाका विद्यार्थी÷पर्यटकसमेत बेलाबेला भकुण्डे पुग्छन् । आन्तरिक पर्यटक त जाने नै भए । खुलेको मौसममा त्यहाँ पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । दन्तेलहरझैँ देखिने हिमालले यात्राको थकान र तनाव बिर्साउँछ । ग्रामीण सौन्दर्य, संस्कृति र रहनसहनले उसैगरी लोभ्याउँछ । बागलुङ सदरमुकामदेखि १० किमि कच्ची सडकको यात्रामा भकुण्डे पुगिन्छ । पैदल हिँडे जम्मा दुई घण्टा । शहरको कोलाहल र प्रदूषण पन्छाएर छिन भरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा देख्न पाइन्छ । सूर्योदय र सूर्यास्तको छेकोमा त झन हिमाली दृश्य मनमोहक लाग्छ ।

भकुण्डेको मुख्य आकर्षण नै हिमशृङ्खलाको अवलोकन हो । गाउँको सिरान मुलाबारीमा बनेको ‘भ्यूटावर’ले हिमाल झन नजिक आएको आभास मिल्छ । गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापूछ«े, मनास्लुलगायतका हिमाल आँखैअघि ठोक्किन्छन् । हिमाल हेर्न उपयुक्त याम शरद ऋतु हो । दोस्रो शिशिर–वसन्त याम हो ।

सूर्योदय अवलोकनका लागि बढी पर्यटक ‘भ्यूटावर’ पुग्छन् । दुई हजार ३०० मिटर उचाइमा अवस्थित ‘भ्यूटावर’ पुग्न गाउँदेखि पैदल २० मिनेट लाग्छ । हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटकले भकुण्डेलाई रोज्छन् । भकुण्डे हुँदै छिमेकका पर्यटकीयस्थल भैरवस्थान मन्दिर र गाजाको दह पुग्न सकिन्छ ।

सरकारले भकुण्डे–भैरवस्थान–गाजाको दह समेटेर पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको छ । भैरवस्थान बानपा–१२ र गाजाको दह जैमिनी नगरपालिका–३ मा पर्छ । धेरै हिमाल देख्न सकिने भएकै कारण भकुण्डेलाई पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिए । पछि घरवास ९होमस्टे० चल्यो, नयाँ गन्तव्य भेटिए, प्रचारप्रसार भयो, विस्तारै भकुण्डेको परिचय पर्यटकीय गाउँका रुपमा फेरियो ।

“पर्यटक आउने क्रम बढ्दो छ, भ्रमण वर्षमा अझ थपिने अपेक्षा छ”, घरवास सञ्चालक समितिका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो । भ्रमण वर्षलाई लक्षित गरी हाल नौ घरमा मात्र रहेको घरवास कार्यक्रमलाई थप विस्तार गर्ने योजना छ । दैनिक सय जना पर्यटक राख्ने क्षमता भकुण्डेको ‘अतिथि सत्कार घरवास’ सँग छ ।

शुक्रबारदेखि शुरु हुने बागलुङ महोत्सवमा समेत उक्त घरवासको छुट्टै ‘स्टल’ राख्ने तयारी छ । घरवाससँगै ‘भ्यूटावर’, बराहताल, बराह, भैरव मन्दिर, सङ्ग्रहालय, कुथुकर्मको लेक आदि भकुण्डेका पर्यटकीय आकर्षण हुन् । दिनभर गन्तव्यस्थल घुमेपछि घरवासमा रात बिताउनु पर्यटकका लागि आनन्ददायक हुन्छ ।

मुख्य याममा त भकुण्डेमा पर्यटकको चहलपहल नै देखिन्छ । “धेरैजसो नेपाली पाहुना नै हुन्छन्, पछिल्लो समय विदेशी पर्यटक पनि आउन थालेका छन्”, घरवास सञ्चालक इन्द्रा थापामगरले भन्नुभयो । पर्यटकलाई आकर्षित गर्नका लागि विसं २०६८ मा घरवास कार्यक्रम शुरु गरिएको थियो । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्न पर्यटकले घरवास रोज्छन् ।

पर्यटकलाई पारिवारिक वातावरणमा बसोबास र स्थानीय परिकार उपलब्ध गराइने सञ्चालक थापामगरको भनाइ छ । खाना, खाजासहित एकरात बिताउँदा प्रतिव्यक्ति जम्मा रु ६०० तोकिएको छ । दुई रात काट्नेको भने रु एक हजार ५०० खर्च हुन्छ । खानाबाहेकका अन्य परिकार र पेय पदार्थमा भने छुट्टै मूल्य तिर्नुपर्छ ।

पाहुनालाई स्थानीय खानाको स्वादसँगै मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिन्छ । पर्यटक बढ्न थालेपछि घरवासको क्षमता बढाउनेदेखि अन्य पर्यटकीय पूर्वाधार निर्माणका काम अघि बढाइएको छ । ‘भ्यूटावर’ को सम्भारका साथै पदमार्ग निर्माणका लागि वडाको रु पाँच लाख बजेट छ ।

“भ्यूटावरमा सानो भवन बनाउने योजना छ, अवलोकन गर्ने ठाउँमा सिसा लगाउँदैछौँ”, वडाध्यक्ष प्रेमबहादुर थापाले भन्नुभयो । गाउँको सिरानदेखि ‘भ्यूटावर’ जोड्ने पदमार्गको बाँकी काम यही वर्ष पूरा हुने उहाँको भनाइ छ । घरवासको क्षमता विकासका लागि प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ ।

बराहताल र रिठेखोलाबाट घरवाससम्म पदमार्ग निर्माणको कामलाई पनि अघि बढाइने वडाले जनाएको छ । बागलुङ नगरपालिका, जेसीज, उद्योग वाणिज्य सङ्घलगायतले भकुण्डेको पर्यटन प्रवद्र्धनमा सघाएका छन् ।