२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल



अ+ अ-

काठमाडाैँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन र नागरिक तथा नागरिक पूर्वाधारमाथिका सबै आक्रमणहरूको निन्दा गर्ने मस्यौदा प्रश्ताव पारित गर्न असफल भएको छ ।

परिषद्ले रुसद्वारा प्रायोजित उक्त मस्यौदा प्रश्तावलाई अस्वीकार ग¥यो । जसमा पक्षमा चार मत, विपक्षमा दुई मत र नौ सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए । रुस, चीन, पाकिस्तान र सोमालियाले प्रश्तावको पक्षमा मतदान गरे भने संयुक्त राज्य अमेरिका र लाटभियाले यसको विपक्षमा मतदान गरे । यसअघि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी एउटा अर्को मस्यौदा प्रश्ताव पारित गरेको थियो ।

यो संकट फेब्रुअरी २८ मा शुरु भएको अमेरिका र इजरायलको इरानमाथिको संयुक्त सैन्य आक्रमण र त्यसपछि यस क्षेत्रभरि इरानले गरेको जवाफी कारबाहीका कारण उत्पन्न भएको हो । खाडी सहयोग परिषद्को तर्फबाट बहराइनले पेश गरेको उक्त मस्यौदा प्रश्ताव १३ मतको समर्थन र दुई मतको अनुपस्थितिमा पारित भएको थियो । यस प्रश्तावले देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ ।

इरानलाई ती देशहरूमाथि आक्रमण तुरुन्त बन्द गर्न माग गरेको छ र त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको ठहर गरेको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै