२३ भाद्र २०८३, मंगलवार
,
Latest
एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन बाढी प्रभावित क्षेत्रमा तुइन, बेलिब्रिज र पुल निर्माण भइरको छः मुख्यमन्त्री थापा जेनजी विद्रोहको एक वर्ष : आत्मदाहले लिएको सत्ता-परीक्षा देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह जेन–जी सहिदहरूको सम्झनामा दीप प्रज्वलन नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज दुबई प्रस्थान गर्दै



अ+ अ-

काठमाडौँ । दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने नेपाल वायुसेवा निगमको विशेष उडान त्यस तर्फ प्रस्थान गर्न लागेको छ ।

निगमका अनुसार राति ११:१५ दुबई तर्फ प्रस्थान गर्ने र बिहीबार बिहान ४:१० बजे काठमाडौँ फर्किने तालिकामा रहेको छ ।

अमेरिका–इरान युद्ध सुरु भएपश्चात् रोकिएका यात्रुको उद्धारका लागि १२औँ दिनपछि पहिलोपटक निगमले दुबईमा विशेष उडान भर्न लागेको निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले जानकारी दिनुभयो ।

हानका अनुसार ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्तयाका साथ यात्रुलाई प्राथमिकतामा राखिएको छ । उहाँका अनुसार आज राति २७० देखि २८० जना यात्रु दुबई पुग्ने छन् । उक्त उडानका लागि क्याप्टेन रामन घिमिरेको नेतृत्वमा चालकदल खटाइएको छ।

गत २८ फेब्रअरीदेखि ९ मार्च सम्म टिकट लिई यात्रा गर्न असमर्थ रहेका यात्रुले मात्रै आज राति यात्रा गर्न पाउनेछन् ।