१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री



फाइल फोटो
अ+ अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा गर्दै केन्द्रीय सुरक्षा समिति, प्रदेशको प्रमुख सचिव संयोजक रहने सातै प्रदेशका प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारी संयोजक रहने ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई मन्त्री अर्यालले रक्तपातविहीन ऐतिहासिक निर्वाचन सम्पन्न गर्न आ–आफ्नो भूमिका सफलतापूर्वक निर्वाह गरेकामा सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको र राजनीतिक सुशासनको जग बसालिएको बताउँदै मन्त्री अर्यालले यस ऐतिहासिक उपलब्धिको हिस्सेदार केन्द्रमा रहेर काम गर्नेदेखि फिल्डमा खटिनेसम्म सबै तह र तप्कामा रहेका कर्मचारीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सबैको सामूहिक र साझा प्रयासबाट मात्र यस ऐतिहासिक उपलब्धि हासिल गर्न सम्भव भएको  उल्लेख गर्नुभयो ।

गृहसचिव राजकुमार श्रेष्ठले सबैले आआफ्नो व्यावसायिक निष्ठा कायम गरी असल नियतका साथ फिल्डमा निष्पक्ष भई जिम्मेवारी पूरा गरेकाले अन्तरराष्ट्रिय पर्यवेक्षकबाट उच्च प्रशंसा प्राप्त गर्न सफल भएको बताउनुभयो ।

भर्चुअल बैठकमा सहभागी प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले निर्वाचन सुरक्षा व्यवस्थापनमा गरिएको तयारीबारे आआफ्नो क्षेत्रको अनुभव सुनाउनुको साथै विगत ३० वर्षको अवधिमा भएका निर्वाचनभन्दा स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित एकैसमयमा एकैपटक निर्वाचन भएकाले ऐतिहासिक उपलब्धि हासिल गरिएको बताउँदै यस सफलतामा गृहमन्त्री अर्यालको कुशल नेतृत्वदायी भूमीका र अभिभावकत्वको प्रशंसा गर्नुभयो ।  रासस




भर्खरै