९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने युवक पक्राउ



अ+ अ-

 

काठमाडौं । वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार ग्रिस पठाइदिन्छु भनी रकम असुल गरी ठगी गर्ने २२ वर्षीय सञ्जोग राई पक्राउ परेका हुन्।

प्रहरीका अनुसार राईले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलब हुने प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिने भन्दै रकम उठाएका थिए। लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा अनुसन्धान गर्दा मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका–३ स्थायी घर भएका र हाल ललितपुर महानगरपालिका क्षेत्रमा बस्दै आएका राईलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनले तीन जना पीडितबाट २५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गइरहेका कारण प्रहरीले यस्ता प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रियामार्फत मात्र वैदेशिक रोजगारीमा जान सर्वसाधारणलाई आग्रह गरेको छ।