२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपक मनाङे कारागारबाट छुटे



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ(दीपक मनाङे) , कैद सजाय भुक्तान गरी बुधबार जेलबाट छुटेका छन्। उनीमाथि ज्यान मार्ने उद्योगको दोष लाग्ने गरी डिल्लीबजार कारागार चलान गरिएको थियो।

२०६१ वैशाख ३१ मा काठमाडौँ महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा गुन्डा नाइके चक्रे मिलनको समूह र मनाङे समूहबीच भएको झगडामा मनाङे दोषी ठहर भएका थिए। सोही घटनामा मनाङेले धारिलो हतियार प्रहार गरी मिलनको बायाँ हात छिनाइदिएका थिए। घाइते मिलनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारपछि हात जोडिएको थियो। चक्रे मिलनकी पत्नीले मनाङेसहित पाँच जनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।

उच्च अदालत पाटनले पाँच वर्ष जेल सजाय सुनाएपछि मनाङेले केही समय कारागार बाहिर रहँदै मुद्दा लड्ने सुविधा पाएका थिए। तर सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालतको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए। मनाङेले २० प्रतिशत कैद छुट पाए पनि कुल पाँच वर्षको सजायको बाँकी अवधि भुक्तान गर्दै बुधबार जेलबाट मुक्त भएका हुन्।

मनाङेको यस घटनापछि धेरैपटक जेल भुक्तान गर्दा उनीले कुल दुई वर्ष आठ महिना जेल भोगिसकेका थिए।