१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी

‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी

‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी
अ अ+ अ-

जाजरकोट । ‘एक घर, एक रोजगार’ कार्यक्रम लागू भएपछि डोल्पाका दुई स्थानीय तहका बासिन्दा खुशी भएका छन् । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका र जगदुल्ला गाउँपालिकामा ‘एक घर एक व्यवसाय’ कार्यक्रमले स्थानीयवासी खुशी भएका हुन् ।

पचास प्रतिशत स्थानीय सरकार र ५० प्रतिशत स्थानीयवासीले रकम पठाउने सर्तमा सो कार्यक्रम लागू गरिएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थानीयवासीले आफूले रोजेको व्यवसाय गर्नका लागि स्थानीय सरकारले व्यवसाय गर्ने व्यक्तिको बैंक खातामा आधार रकम जम्मा गरिदिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो ।

यो कार्यक्रमअन्तर्गत आठ सय पाँच घरधुरीलाई ‘एक घर एक रोजगारी’ उपलब्ध गराएको उहाँले बताउनुभयो । व्यापार, सीपमूलक कार्यक्रम, पशुपालन र ढुवानी सेवा जस्ता व्यवसाय स्थानीयवासीले सञ्चालन गरेको उहाँको भनाइ छ । सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु डेढ करोड बजेट विनियोजन गरी काम शुरु गरिएको छ ।

त्यस्तै जगदुल्ला गाउँपालिकाले ‘एक घर एक व्यवसाय’ कार्यक्रमको थालनी गरेको छ । आफ्नो क्षेत्रमा कुनै पनि घरधुरीका परिवारका सदस्य बेरोजगार नहुन भनेर उनीहरुको आर्थिक जीवनस्तर माथि उठाउन गाउँपालिकाले यो कार्यक्रम लागू गरेको हो ।

पहिलो चरणमा जगदुल्ला गाउँपालिका–४ चौँरीकोट छाँचुका ३५ घरधुरीलाई चौँरी वितरण गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायले बताउनुभयो । गाउँपालिकाका १९० घरधुरीले पशुपालन, ३१४ घरधुरीले कृषि र ७८ घरधुरीले अन्य व्यवसाय गर्ने गरी कूल रु पाँच करोड ६० लाख बराबरको रकम योजनाका लागि विनियोजन गरी स्थानीयवासीलाई रोजगारी उपलब्ध गराएको रोकायले बताउनुभयो ।

पहिलो चरणमा वडा नं ४ का प्रत्येक घरधुरीलाई दुई वटा चौँरीगाई र बाख्रापालन गर्नेलाई १२ वटा स्थानीय सरकारले नै अनुदानस्वरुप प्रदान गरेको हो । दुई चौँरीगाई अनुदानमा लिनेले एक अनिवार्य किन्नुपर्नेछ भने १२ वटा बाख्रा अनुदानमा लिइनेले आठ वटा कृषकले अनिवार्य किन्ने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७५÷०७६ को बजेटबाट एक घर एक व्यवसायको कार्यक्रम सञ्चालन भएको छ । स्थानीय सरकारले पहिलोपटक कृषकको चाहनाअनुसार नै अनुदान दिएकाले सरकारको अनुदान कुनै पनि हालतमा खेर नजाने स्थानीयवासी भीमबहादुर बस्नेतले बताउनुभयो ।

उहाँ भन्नुभयो, “यो हाम्रा लागि सुनौलो अवसर हो स्थानीय सरकारले हाम्रै लागि लगानी गरेको हो, हामीले सो गाउँपालिकाको सपना जसरी नी परिणाम ल्याउने गरी काम गर्छौं । ” दुर्गम गाउँमा अर्थ अभावकै कारण रोजगारी नपाएका तथा बेरोजगार बसेका युवा तथा स्थानीयलाई सहयोग पुगेको छ । अहिले गाउँपालिकाको रकमबाट स्थानीयवासी व्यवसाय गरेर आम्दानीको बाटो कुरेर बसेको स्थानीयवासी कर्णबहादुर रोकायाले बताउनुभयो ।

यस्तै शे–फोक्सुण्डो गाउँपालिकाले चाइनाको नाकाबाट प्रशासकीय केन्द्र साल्ताङका लागि सडक निर्माण कार्य शुरु गरेको छ । भारी हिमपातका कारण २८ किलोमिटर सडकमध्ये सात किलोमिटर सडक खनिएको गाउँपालिकाका अध्यक्ष टसी तुन्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “ हिमपातका कारण अहिले सडक निर्माण कार्य रोकिएको छ, चैतदेखि सडक निर्माणको काम शुरु हुन्छ ।” सडक निर्माणका लागि रु ३५ लाख बजेट विनियोजन गरी काम शुरु गरेको उहाँले बताउनुभयो ।

नगरपालिकाले आफ्नै डोजरबाट सडक निर्माण कार्य थालेको हो । चाइनाबाट नजिक पर्ने भएकाले गाउँपालिकाको प्रशासकीय केन्द्रमा सडक छिटो पुग्नेछ । गाउँपालिकामा कर्णाली प्रदेशबाट सडक निर्माणका लागि रु तीन करोड रकम विनियोजन गरिएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिनुभयो ।