२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेविरुद्धको रिट पूर्ण इजलासमा पठाउने सर्वोच्चकाे आदेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएका संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्ने निर्णयलाई रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट पूर्ण इजलासमा पठाउने निर्णय सुनाएको हो। अब रिटमा तीन वा तीनभन्दा बढी न्यायाधीशको पूर्ण इजलासबाट प्रारम्भदेखि नै सुनुवाइ हुनेछ। अदालतले आगामी आइतबार उक्त रिट सुनुवाइका लागि पेश गर्न आदेश पनि दिएको छ।

यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देहीका जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

तर यस विषयमा कानुनी विवाद उठेको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्। केही जिल्ला अदालतले मुद्दा सर्वोच्चमा विचाराधीन रहेको कारणले संशोधन आदेश अस्वीकार गरेका थिए।