१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

नयाँ सभामुख चयन: शीर्ष चर्चामा नेम्वाङ र सापकोटा

नयाँ सभामुख चयन: शीर्ष चर्चामा नेम्वाङ र सापकोटा
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराको राजीनामा देखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुँदा पनि निष्कर्षमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् । पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन् । बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुखमा सरकारलाई सहयोग गर्नेगरी नेम्वाङलाई सभामुख बनाउनुपर्ने तर्क राख्दै आएका छन् भने अर्का अध्यक्ष दाहालले पूर्वमाओवादीको भागमा सभामुख परेको स्मरण गराउँदै स्थायी कमिटी सदस्य सापकोटालाई सभामुख बनाउन लबिङ गरेका छन् । यसअघि पनि पूर्वमाओवादीको भागमा परेकाले अबको सभामुख पूर्वमाओवादीबाट बनाउने विषयमा प्रधानमन्त्रीले सकारात्मक देखिएको पूर्वमाओवादी निकट एक नेताले बताए । तर पनि प्रधानमन्त्रीले सरकारलाई सहयोग गर्ने व्यक्तिलाई सभामुख बनाउनुपर्ने तर्क अर्का अध्यक्ष दाहाललाई बताउँदै आएका छन् ।

सभामुखमा दुई नेताको सम्भावनको विषयमा बहस हुन थाले पनि नेम्वाङले अध्यक्ष दाहालसँग समेत भेट गरी आफू प्रधानमन्त्रीले विश्वास गरेको पात्र र पहिलादेखि नै सरकारलाई सहयोग पुर्याएको व्यक्ति भएकाले पार्टीको तर्फबाट निर्णय लिँदा सोचपूर्ण रूपमा हुनुपर्ने बताएका छन् । उनले अध्यक्ष दाहाललाई पार्टी एकतापछि ‘यसको र उसको भन्नेभन्दा पनि नेकपाको सक्षम व्यक्ति सभामुख बन्यो’ भन्ने सन्देश दिन आग्रहसमेत गरेको स्रोतको दाबी छ । सत्तारूढ दल नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रको नयाँ रूप हो ।

दुई दल एक बन्दा केही सौदाबाजी भएका थिए । त्यसमध्ये एउटा सभामुख पद हो । जुन शक्ति सन्तुलन मिलाउने क्रममा तत्कालीन माओवादीका भागमा परेको थियो । त्यसैले नयाँ सभामुख चयन पूर्वमाओवादी नेताहरूमध्येबाटै हुनुपर्ने दबाब नेकपामा तीव्र छ । पार्टी एक हुनुअघिको भागबन्डाअनुसार सभामुख पद नछाड्न पूर्वमाओवादी नेताले अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन् । यस्तै, पूर्वमाओवादीका प्रभावशाली नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवले उनीसँग भेटेर यसबारे आफ्नो मत राखेका छन् ।

दाहालसँग भेटेर सभामुख नछाड्न लबिङ गर्नेमध्ये तीन नेता अग्नि सापकोटा र पम्फा भुसाल स्वयं सभामुखका आकांक्षी पनि हुन् । पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको कामले पूर्णता नपाइसकेकाले आगामी महाधिवेशनसम्म तत्कालीन पार्टीबीच भएको भागबन्डा यथावत् राख्न उनीहरूले सुझाएका छन् । उनीहरूको सुझाव कार्यान्वयन भयो भने सापकोटा सभामुखका रूपमा देखिनेछन् । यता सभामुख पद रिक्त भइसकेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । नेम्वाङ आफैंले पनि उक्त पदका लागि तीव्र चाहना व्यक्त गरेका छैनन् ।

ओलीको चाहानाअनुसार हुने भएमा नेम्वाङ सभामुखका लागि सबैभन्दा शक्तिशाली उम्मेदवार हुन् । अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्रीको प्रतिपक्षसँग रस्साकस्सी हुँदा सभामुखले सहयोग नगरेको महरामाथि अरोप लागेको थियो । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बन्ने स्वभाविक लबिङमा छिन् । उनले उपसभामुखका रूपमा अनुभव हासिल गरिसकेकाले सभामुख बन्ने चाहना देखाएकी छन् । यही कारण केही समयअघि भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने प्रस्ताव आउँदा उनले अस्वीकार गरिन् । तर, नेकपाका अध्यक्षद्वय उनलाई सभामुख बनाउनेमा सकारात्मक देखिँदैनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उनीप्रति शुभेच्छा छ । पछिल्लो समय पार्टीमा अनावश्यक शक्ति प्रयोग गरेको भन्दै उनी विवादमा तानिएपछि उनले तुम्बाहाम्फेलाई मन्त्रीमा चित्त बुझाउन सम्झाएको शितल निवास स्रोतले बताएको छ । महिलालाई पार्टीमा न्युन स्थान दिइने गरेको भन्दै आलोचना भइरहेको छ । उक्त भावनालाई समेत उपसभामुख तुम्बाहाम्फेले आफ्नो लबिङको हतियार बनाएकी छन् । एक नेताका अनुसार महिलालाई अन्याय गर्न नहुने भनेर उनी र उनलाई चाहनेहरूले गरेको लबिङको लाभ भने नेकपा नेत्री पम्फा भुसाललाई हुन सक्ने देखिएको छ ।

महिलालाई नै सभामुख बनाउनुपर्ने अवस्थामा पम्फा भुसाललाई अघि सार्नुपर्ने सुझाव पूर्वएमालेकै केही नेताले दिएका छन् । यसो गर्दा भावनाको पनि कदर हुने र भागबन्डामा समेत असर नपर्ने तर्क उनीहरूले प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका छन् । तुम्बाहाम्फे समानुपातिक सांसद रहेकोदेखि पार्टीमा सक्रियताका हिसाबले अवसर दिनुपर्ने अन्य नेता थुप्रै रहेको तर्क तुम्बाहाम्फेलाई नरुचाउने समूहले राखिरहेका छन् ।

उपसभामुख जनमोर्चा कि राजपा ? संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था छ । नेकपाले उपसभामुख यथास्थितिमा राखेर सभामुख पद गुमाउन कुनै हालतमा चाहँदैन । त्यसैले वर्तमान उपसभामुखलाई निर्वाचन प्रक्रिया सुरु हुनुअघि राजीनामा गराउने तयारी गरिसकेको छ । नेकपाले सभामुख रोज्दा उपसभामुख प्राप्त गर्ने सम्भावना यसअघि राष्ट्रिय जनमोर्चाको थियो । चुनावी तालमेलका कारण पनि उक्त पार्टीकी सांसद दुर्गा पौडेल बलियो उम्मेदवार मानिएकी थिइन् ।

नेकपाका एक नेताका अनुसार राजापासँगको पछिल्लो सहमतिपछि राजनीतिक कोर्स परिवर्तन भएको छ । उपसभामुख राष्ट्रिय जनता पार्टीले प्राप्त गर्ने सम्भावना बढेको छ । राजपालाई उपसभामुख दिएर प्रदेश २ को सत्ता समीकरण परिवर्तन गर्ने खेलमा नेकपा रहेको समाजवादी पार्टीका नेताहरूले समेत आशंका गर्न थालेका छन् । राजधानी दैनिकबाट