१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

आकार पाउँदै रानीपोखरी

आकार पाउँदै रानीपोखरी
अ अ+ अ-

काठमाडौं । रत्नपार्कको छेउमै रहेको रानीपोखरीमा अहिले दैनिक ४५ जना कामदार खटिरहेका छन् । सामान्य रूपमा आवातजावत गर्दा रानीपोखरीमा पुनर्निर्माणको काम भइरहेको देखिन्छ । केही महिला र पुरुषहरू अहिले पोखरीको पिँधमा धमाधम रातो इँटा बिच्याइरहेको देखिन्छ ।उनीहरूलाई दैनिक टास्क दिइएको छ । वैशाखसम्म पानी हाल्ने योजनाअनुसार धमाधम काम भइरहेको छ । बिहान आउने र साँझमा घर जानु अगाडि उनीहरू पुनर्निर्माणकै काममा खटिरहेका हुन्छन् ।

राष्ट्रको एउटा ऐतिहासिक स्थलको पुनर्निर्माण गर्न पाउनु पनि सानोतिनो चुनौति नभएको भन्दै उनीहरू मिहिनेतका साथ काममा कटिबद्ध देखिएका छन् । ऐतिहासिक सो पोखरी र त्यहाँ रहेको बालगोपालेश्वर मन्दिर २०७२ सालको भूकम्पपछि भत्किएको थियो । पुनर्निर्माण सुरु हुनका लागि भने यसले धेरै झमेला खेप्नु पर्यो। राजनीति पुनर्निर्माणमा छिरेपछि यसले केही वर्ष विवादमै गुजा¥यो । यो हदसम्म विवाद पुग्यो की उपमेयरले ताला लगाउने र मेयर गएर सो ताला फोड्नेसम्मको अवस्था आइपुग्यो ।

रानीपोखरीको ऐतिहासिक महत्व झल्काउने परम्परागत शिल्प र सामग्रीको सट्टा महानगरले यसलाई कंक्रिटको संरचनामा ढाल्ने प्रयास गरेपछि विवाद सिर्जना भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले यसमा हस्तक्षेप गरेर बनिसकेका कंक्रिटका संरचना भत्काएर रानीपोखरीलाई यसको परम्परागत स्वरूपमै पुनर्निर्माण गर्ने तथा परम्परागत शिल्प र सामग्री प्रयोग गर्ने निर्णय गर्यो । यही निर्णयअनुसार प्राधिकरणले पूर्णतः आफ्नो रेखदेख र उत्तरदायित्व रहनेगरी रानीपोखरी पुनर्निर्माणको काम ठेक्कामा दिएको हो । ठेकदारले अहिले धमाधम काम गरिरहेको छ ।

प्राधिकरणले आउँदो वैशाख महिनाभित्रमा रानीपोखरीको पुनर्निर्माण सकिने र रानीपोखरी पहिलेकै सुन्दर पोखरीका रूपमा सञ्चालनमा आउने जनाएको छ । प्राधिकरणले परम्परागत स्वरूपमै रानीपोखरी पुनर्निर्माण गर्न १४ करोड रुपैयाँमा निर्माण सम्झौता गर्यो। सम्झौताअनुसार उपभोक्ता समितिले रानीपोखरी तयार गर्ने काम गरिरहेको छ भने सिएम कन्स्ट्रक्सनले बालगोपालेश्वर मन्दिर र त्यहाँसम्म पुग्ने पुल निर्माण तथा सौन्दर्यकरणको काम गरिरहेको छ ।१४ भदौदेखि काम गरिरहेको सिएम कनस्ट्रक्सनका अध्यक्ष शान्तकुमार श्रेष्ठले मल्लकालीन शैलीमा बालगोपालेश्वर मन्दिर निर्माण भइरहेको बताए ।

‘दैनिक ४५ जना कामदार खटिएका छन’, उनले भने, ‘२०७७ वैशाखभित्र पुनर्निर्माणको काम सक्नैपर्ने भएकाले हामी त्यही गतिमा काम गरिरहेका छौँ ।’ पुरातात्विक हिसाबले रानीपोखरी पुनर्निर्माणको काम गरिरहेको उपभोक्ता समितिले साढे पाँच फिट उचाई, ५२० फिट लम्बाई र ४२० फिट चौडाईको रानीपोखरी पुरानै शैलीमा बन्ने जनाएको छ । पानी नचुहियोस् भनेर पोखरीमा कालो माटो छापिएको छ । त्यसका लागि भक्तपुर नगरपालिकाले उपलब्ध गराएका अनुभवी कालिगढलाई जिम्मा दिइएको छ ।

रानीपोखरीमा पानी कहाँबाट ल्याउने भन्ने प्रश्नमा उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधरले नजिकै डिप बोरिङ गर्ने तयारी भइरहेको जानकारी दिए । ‘त्रि–चन्द्र कलेजको छेउबाट दुई ठाँउमा डिप बोरिङ गर्ने योजना छ । त्यसका साथै रानीपोखरीको चारैतिरबाट आउने असारे पानीलाई शुद्धीकरण गरेर पोखरीमा मिसाउँछौँ । अब आउने मेलम्चीको पानी पनि प्रयोग गर्छौं’, उनले भने ।

रानीपोखरी मल्लकालीन राजा प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको असामयिक निधनपछि शोकमा डुबेकी रानीलाई भुलाउन विक्रम सम्बत् १७२७ सालमा बनाउन लगाएका थिए । रानीपोखरीको ऐतिहासिक महत्व मात्र छैन, यो कुनै वेला काठमाडौं उपत्यकाको पानी वितरण प्रणालीसित समेत जोडिएको थियो । सौर्य दैनिकबाट