१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

विविध क्षेत्रमा युवा परिचालन गरिँदै

विविध क्षेत्रमा युवा परिचालन गरिँदै
अ अ+ अ-

काठमाडौँ । युवा परिचालन वर्ष सञ्चालनका लागि आठ क्षेत्रका युवा सम्मिलित राष्ट्रिय युवा सञ्जाल गठन हुन लागेको छ । सरकारले यस वर्षलाई युवा परिचालन वर्ष घोषणा गरेको छ । राष्ट्रिय युवा परिषद्मार्फत परिचालन वर्षलाई लक्षित गरी युवा सञ्जाल गठन गर्न लागिएको हो । विभिन्न क्षेत्रमा क्रियाशील युवाको सञ्जालमार्फत युवा परिचालनका कार्यक्रम सञ्चालन गरिने छ । सात प्रदेशको प्रतिनिधित्व तथा ५० प्रतिशत महिला प्रतिनिधित्वसहितको राष्ट्रिय सञ्जाल निर्माण गर्न लागिएको हो ।

परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले विभिन्न आठ क्षेत्रमा युवा सञ्जाल गठन गर्न लागिएको र तीनवटा युवा सञ्जाल गठन भइसकेको पनि जानकारी दिए । युवा परिषद्मार्फत देशभर रहेका युवा क्लब, वैदेशिक रोजगारीबाट फर्किएका युवा, विज्ञान तथा प्रविधिमा क्रियाशील युवा, परम्परागत सीप संरक्षणमा लागेका युवा, पुनः स्थापना क्षेत्रमा क्रियाशील युवालगायतको छुट्टाछुट्टै सञ्जाल गठन गर्न लागिएको हो । अहिलेसम्म राष्ट्रिय युवा प्रतिभा तथा युवा उद्यमी सञ्जाल, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल र युवा क्लबको सञ्जाल गठन भइसकेको पौडेलले बताए ।

राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ मा उल्लिखित प्राथमिकताका क्षेत्रहरूमा युवा परिचालन गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन, स्वयं सेवा अभिवृद्धिलगायतका ११ वटा क्षेत्रमा युवा परिचालन गरिने छ । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमा युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन चालू आर्थिक वर्षलाई युवा परिचालन वर्षका रूपमा मनाइने उल्लेख गरिएको छ । युवा परिचालनमार्फत लैङ्गिक, जातीय र छुवाछूतलगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउनेजस्ता कार्य गर्ने उल्लेख छ ।

यसैगरी सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाबाट युवा परिचालनमार्फत मानवीय सेवा, विपद्व्य वस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता कार्य गरिने छ भन्ने बजेटमा उल्लेख छ ।
युवा परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालयले आन्तरिक कार्यविधिसमेत बनाएको छ । मन्त्रालयले युवा परिचालन तथा समाजका लागि युवाको योगदान कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।

सामाजिक परिवर्तन, विकास निर्माण, राष्ट्रनिर्माण, सामाजिक सेवाका विविध पक्ष, राज्यमा आइपर्ने आपत्कालीन अवस्थामा स्वयंसेवी शक्तिका रूपमा परिचालन गर्न तथा समाजको गतिशील र ऊर्जावान् शक्तिका रूपमा परिचालन गर्ने उद्देश्यका साथ बनाइएको कार्यविधिमा उल्लेख छ । स्थानीय युवा क्लब, नमुना युवा संसद्, स्थानीय तह, प्रदेश सरकार तथा सरकारी तथा गैरसरकारी संस्थाहरू मार्फत युवा परिचालन गरिने पनि उक्त कार्यविधिमा उल्लेख छ । गोरखापत्र दैनिकबाट