१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित



अ+ अ-

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक पुस १६ गते सम्मका लागि स्थगित भएको छ ।

शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो । संघीय संसद सचिवालले प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले पुस १६ गते १ बजे सम्मका लागि स्थगित भएको व्यहोराको सूचना टाँसेको छ ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणबश बस्न नसक्ने भएकाले नेपालको संविधनको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने मानीनय उपसभामुख ज्यूले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ”

शुक्रबारको बैठकका लागि संभावित कार्यक्रम पनि सार्वजनिक भईसकेको थियो । बैठकको संभावित कार्यसूचीको पहिलो नम्बरमा नै ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने’ भन्ने उल्लेख थियो ।