१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन

फष्टाउँदै व्यावसायिक च्याउखेती

फष्टाउँदै व्यावसायिक च्याउखेती
अ अ+ अ-

कञ्चनपुर । थोरै लगानीमा मनग्य आम्दानी हुन थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका किसान च्याउखेतीतर्फ आकर्षित हुँदै गएका छन् । यहाँको बेलौरी नगरपालिका–५ सुर्दशनपुरका किसान समूह र एकलरुपमा व्यावसायिकरुपमा च्याउखेती गरिरहेका छन् ।

तीन वर्षदेखि गाउँमा हजारी आइपिएम कृषक समूह बनाएर यहाँका महिला च्याउखेती गरेर मनग्य आम्दानीसमेत गरिरहेको स्थानीय किसान बताउँछन् । “गत वर्ष मात्रै हामीले करिब सात क्विन्टल च्याउ बिक्री ग¥यौँ”, कृषक समूहकी सचिव शान्ति चौधरीले भन्नुभयो, “च्याउबाट मुनाफा पनि राम्रै हुन्छ ।” गाउँका २८ जना समूहमा आबद्ध भएर सामूहिक च्याउखेती गरिरहेको बताउँदै चौधरीले अनुदान सहयोग मिलेपछि एक टनेल थप गरेर व्यवसायलाई विस्तार गरिएको बताउनुभयो । “गाउँमै दिनमा रु १८० प्रतिकिलो बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “च्याउका लागि बजारको कुनै समस्या छैन ।” उहाँले गाउँघर र नजिकैको बेलौरी बजारमा च्याउ बिक्री वितरण हँुदै आएको जानकारी दिनुभयो ।

त्यसैगरी उक्त समूहलाई च्याउ उत्पादनका लागि टर्नेल ९च्याउखेती गर्ने कच्ची घर० बनाउन कृषि ज्ञान केन्द्रले पनि रु ३४ हजार सहयोग गरेको थियो । बेलौरी नगरपालिका–५ का वडाध्यक्ष सेटुकुमार चौधरीले स्थानीय तहले पनि च्याउ उत्पादनका लागेका किसानलाई गत वर्षदेखि सहयोग गरिरहेको बताउनुभयो । “वडा कार्यालयबाट पनि यो वर्ष तीन क्विन्टल च्याउको बीउ, पराल काट्ने मेसिनलगायतको सहयोग भएको छ”, उहाँले भन्नुभयो, “दक्षिण क्षेत्रमै सबैभन्दा बढी च्याउखेती हाम्रो वडामा छ ।” उहाँले गाउँमा च्याउखेतीतर्फ किसानको आकर्षण बढिरहेको बताउँदै उत्पादन वृद्धि गरी लैजान सके नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए०ले यहाँका स्थानीय तहका विपन्न समुदायका किसानको आयस्तर उकास्न गरिबी निवारण कोष र जीविकोपार्जन कार्यक्रमअन्तर्गत च्याउखेती गर्ने किसानलाई बिरुवा वितरण, टनेल निर्माण र अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा केही वर्षअघिदेखि च्याउखेतीमा आबद्ध गराउन १५ वटा कृषक समूहलाई सहयोग गरिएको कार्यक्रमका संयोजक राजकुमार सुनारले बताउनुभयो ।

“गत वर्षदेखि हामीले शुरुआत गरिदिएको कृषक समूहलाई यहाँको स्थानीय तहले पनि अनुदानलगायतको सहयोग गरिरहेको छ”, संयोजक सुनारले भन्नुभयो, “निम्न आयस्तर भएका समुदाय र लक्षित वर्गलाई सहभागी गराएर विभिन्न आयमूलक व्यवसायमा लगाइरहेका छौँ ।”

त्यसैगरी बेलौरी नगरपालिकाको वन्तरीयाका महिला किसान च्याउखेती सामूहिकरुपमा गरिरहेका छन् । च्याउखेतीको समूहमा आबद्ध मिना चौधरीले गत वर्ष एक क्विन्टल च्याउ बिक्री गरेको बताउनुभयो । बेलौरी नगरपालिका–३ पडावमा पनि कृषि ज्ञान केन्द्र कञ्चनपुरबाट प्रस्तावमा आधारित च्याउखेती शीर्षकबाट त्यहाँका किसानले टर्नेल निर्माणमा ५० प्रतिशत अनुदान लिएर च्याउखेती गरिरहेका छन् ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंहले कञ्चनपुर र कैलालीमा दुई वटा शीर्षकमा अनुदान रकम आएको बताउँदै ५० प्रतिशत अनुदान सहयोगमा किसानले समूह र एकलरुपमा च्याउखेती गरिरहेको जानकारी दिनुभयो । “यहाँका किसानका लागि प्रस्तावमा आधारित च्याउखेतीमा समूह र एकल गरी १२३ जना किसान छनोट भएर काम गरिहेका छन्”, उहाँले भन्नुभयो, “त्यसका लागि किसानलाई ५० प्रतिशत अनुदान दिन रु १५ लाख बजेट आएको थियो ।”

त्यसैगरी एकल महिलालाई च्याउखेतीमा लागेर आयमूलक व्यवसाय अँगाल्न रु १० लाख च्याउखेती गर्न अनुदान आएर किसान महिला छनोट भइसकेको प्राविधिक सहायक सिंहको भनाइ छ । “कञ्चनपुर र कैलालीका ६० जना एकल महिलालाई छनोट गरेर उहाँहरुले च्याउखेती थालिसक्नुभएको छ”, सिंहले भन्नुभयो, “पछिल्ला वर्षमा यहाँ च्याउ उत्पादन बढिरहेको छ । बजारमा च्याउको माग बढिरहेको छ ।”