१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य News Polar महाधिवेशन निर्वाचनपछि पार्टीविरोधी गतिविधि गर्नेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’

बजेटको रकमान्तरले अन्योल सिर्जना

बजेटको रकमान्तरले अन्योल सिर्जना
अ अ+ अ-

जनकपुरधाम । प्रदेश नं २ मा स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको रकम भौतिक पूर्वाधार निर्माणमा रकमान्तर गरेपछि अन्योलको अवस्था सिर्जना गरिएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा विनियोजन गरिएको रु ५७ करोड रकम रकमान्तर गरी भौतिक पूर्वाधार निर्माणमा खर्च गरेको जानकारी दिइयो ।

सरकारले प्रसूति सेवा, लामखुट्टे नियन्त्रण, एचआइभी सेवामा विनियोजन गरिएको रकम रकमान्तर गरिएका कारण सेवा प्रभावित भएको छ । सङ्घका केन्द्रीय अध्यक्ष रामजी घिमिरे सरकारले नसर्ने रोग उपचारका लागि विनियोजन गरिएको ६६ प्रतिशत रकम रकमान्तर गरिएको बताउनुभयो । सङ्घका धनुषा जिल्ला अध्यक्ष रामगुलाम कर्णले समायोजन भएर आएका स्वास्थ्यकर्मीलाई हाजिर नगराउने, तलब भत्ता नदिने, तलब नदिइकन रमाना पत्र दिने जस्ता मानसिक तनाव उत्पन्न हुने कार्य भइरहेको जानकारी दिनुभयो ।

सङ्घका प्रदेश नं २ का अध्यक्ष शिवजी दासले स्वीकृत दरबन्दीभन्दा कतै बढी र कतै कम स्वास्थ्यकर्मीको समायोजन गर्दा सेवा प्रवाहमा असर परेको छ भन्नुभयो । सो अवसरमा जारी प्रेस विज्ञप्तिमा विभिन्न तहका सरकारले आफूसँग अनुकूल हुने कर्मचारीका मात्रै समस्या सुन्ने गरेको, स्वास्थ्य सेवा ऐन जीवितै रहेको अवस्थामा स्तर वृद्धि रोकिएको, अस्थायी, ज्यालादारी, करार, बाह्य स्रोतमा कार्यरत कर्मचारीको सामाजिक सुरक्षा कोषको रकम सुरक्षित नगरिएको उल्लेख छ ।

त्यस्तै सरकारी संरचनामा रहेका करार सेवाका स्वास्थ्यकर्मीलाई सामाजिक सुरक्षा योजनामा सहभागी नगराइएको, पदस्थापनामा स्थानीय तहमा स्वेच्छाचारी प्रवृत्ति देखिएको, दक्षताअनुसारको दरबन्दी हटाई फरक पदमा काम गर्न लगाइएको, प्राविधिक कर्मचारीलाई प्राविधिक ग्रेड उपलब्ध नगराइएको र जोखिम भत्ता नदिइएको गुनासो गरिएको छ ।