१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाक टिकट प्रकाशनमा



अ+ अ-

काठमाडौँ । नेपाल–श्रीलङ्का दौत्य सम्बन्धको ६०औँ वर्ष महोत्सवको हुलाक टिकट प्रकाशनमा ल्याइएको छ । नेपाल फिलाटेलिक सोसाइटीद्वारा प्रकाशित सो टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले आज टाँचा लगाई प्रचलनमा ल्याउनुभयो ।

सन् १९५७ जुलाई १ मा नेपाल–श्रीलङ्का कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि नै सदैव शान्त र समृद्ध रहँदै आएको छ । दुई देशको सम्बन्ध पूर्ण सद्भाव, आपसी समझदारी तथा सहयोगमा आधारित रहँदै आएको पाइन्छ ।

सन् १९७५ मा नेपालद्वारा श्रीलङ्काको राजधानी कोलम्बोमा वाणिज्य दूतावास स्थापना गरी प्रारम्भ भएको कूटनीतिक सम्बन्ध सन् १९९५ मा दूतावास स्थापना भएपश्चात थप प्रगाढ भएको थियो । टिकटमा टाँचा लगाउँदै सचिव सुवेदीले श्रीलङ्कासँगको कूटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउँदै व्यापारिक सम्बन्धलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले नेपाल र श्रीलङ्काबीचको सम्बन्ध कूटनीतिक मात्र नभएर आर्थिक र सामाजिकसँग समेत जोडिएको बताउनुभयो ।