१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृत्युपश्चात् आँखाको नानी दान गर्दै कुलमान घिसिङ



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखाको नानी दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेहरूको सम्झनामा नेपाल आँखा बैंकले शनिबार आयोजना गरेको सामूहिक श्रद्धाञ्जली–सभामा सहभागी घिसिङले मृत्युपश्चात् आँखाको नानी दान गर्ने सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनले सहमति–पत्रमा हस्ताक्षर गर्दै भने, ‘मृत्युपर्यन्त स्वर्ग जान पाऊँ भनेर मरेपछि आँखाको नानी दान गर्न राजी भएको हुँ । आँखाको नानी सही रूपमा अरूमा प्रत्यारोपण भएको छ, र धर्तीको वास्तविक भगवान पनि आँखाको नानी दान गर्नेहरू हुन् ।’ तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि एकजनाबाट सुरु गरिएको आँखा दान अहिले हजारभन्दा बढीलाई प्रदान गरिएको बताए ।

आँखा बैंकको टिमको मेहनतबाट यहाँसम्म आउन सफल भएको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखाको नानी दान गर्ने घोषणा गरेका छन् । मरणोपरान्त आँखाको नानी दान गर्नेहरूको सम्झनामा नेपाल आँखा बैंकले शनिबार आयोजना गरेको सामूहिक श्रद्धाञ्जली–सभामा सहभागी घिसिङले मृत्युपश्चात् आँखाको नानी दान गर्ने सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।

उनले सहमति–पत्रमा हस्ताक्षर गर्दै भने, ‘मृत्युपर्यन्त स्वर्ग जान पाऊँ भनेर मरेपछि आँखाको नानी दान गर्न राजी भएको हुँ । आँखाको नानी सही रूपमा अरूमा प्रत्यारोपण भएको छ, र धर्तीको वास्तविक भगवान पनि आँखाको नानी दान गर्नेहरू हुन् ।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले २५ वर्षअघि एकजनाबाट सुरु गरिएको आँखा दान अहिले हजारभन्दा बढीलाई प्रदान गरिएको बताए । आँखा बैंकको टिमको मेहनतबाट यहाँसम्म आउन सफल भएको बताए । नयाँ पत्रिका दैनिकबाट