५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाको सम्भावना के छ ? बढ्दैछ मतान्तर



अ+ अ-

काठमाडौं। सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उनका प्रतिस्पर्धी अमरेशकुमार सिंहका बीचमा पछिल्लो समयमा मतान्तर बढ्दै गएको छ ।

पछिल्लो अपडेट अनुसार गगन अमरेशभन्दा ४ हजार ४०० मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार सिंहले ११ हजार ३८३ मत ल्याउँदा गगन थापाले ६ हजार ९५२ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।

तर त्यहाँ मत गन्न अझै धेरै बाँकी रहेको छ । त्यहाँ खसेको मत ७७ हजार भन्दा बढी हो । त्यसैले अहिले नै जित कसको हुनछ भनेर भन्न सकिने अवस्था छैन । त्यहाँ एमाले निकै पछि छ र उसको मत दुई हजारको हाराहारीमा छ ।

सो क्षेत्रको सूचना अनुसार त्यहाँको मत सबै मिसमास गरेर गनिरहेकोले कुनै उम्मेदवारको कोर एरिया भने नरहेको बताइएको छ ।