१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क मुटु परीक्षण शिविरमा १२०० ले लिए सेवा



अ+ अ-

रोल्पा । रोल्पामा पहिलोपटक मुटुसम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । रोल्पा नगरपालिकाको पहलमा भएको उक्त शिविरमा जिल्लाका एक हजार २०० बढीले सेवा लिएका छन् । रोल्पा अस्पताल रेउघामा सम्पन्न उक्त शिविरमा एक हजार २०० जनाको सामान्य परीक्षण गरिएको थियो । पाँच सय बढीलाई औषधि वितरण गरिएको शिविरमा १२३ को रक्तचाप परीक्षण, ३८५ को इसिजी र ५२१ को इको परीक्षण गरिएको थियो ।

शिविरमा आएका मुटुरोगका २७ जटिल बिरामीलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा सिफारिस गरिएको रोल्पा नगरपालिकाले जानकारी दिएको छ । सिफारिस गरिएका बिरामी र तीनका एक सहयोगीलाई यातायात खर्चसहित निःशुल्क शल्यक्रियाको व्यवस्था आयोजकले व्यहोर्ने भएको छ । जिल्लामा पहिलोपटक सञ्चालन भएको यस प्रकारको शिविरले मुटुरोगी लाभान्वित भएको नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए ।

“मुटुसम्बन्धी समस्या भोगिरहेका व्यक्तिहरु यसबाट बढी लाभान्वित भएका छन्”, प्रमुख केसीले भने । गरीबीका कारण मुटुरोगको उपचार गराउन नसकेकाहरुलाई शिविरले राहत दिएको नगरप्रमुख केसीको भनाइ छ । मुटुरोग विशेषज्ञसहित आएको डेढ दर्जन चिकित्सकको टोलीले उक्त शिविर सम्पन्न गरेको हो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोग तथा सम्मान फाउण्डेशनको आयोजनामा भएको उक्त शिविरमा जयन्ती फाउण्डेशनको विशेष सहयोग रहेको थियो ।