काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर-२ मा एमालेका देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना प्रतिस्पर्धी छन् ।
हालसम्मको मतगणनामा (रास्वपा)की इन्दिरा रानाभन्दा एमालेका देवराज घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।
रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत पाएका छन् । तेस्रोमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार १०७ मत ल्याएका छन् ।
चौथोमा नेपाली कांग्रेसकी सरिता प्रसाईं छिन् । उनले ७७० मत पाएकी छन् ।











