५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता



फाइल फोटो
अ+ अ-

म्याग्दी। प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिनुभएको छ ।

ध्वलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी) ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गर्नुभएको छ ।

मङ्गला गाउँपालिकाको मत गणना सुरु भएको छ । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकामा ४६ हजार २१५ मत खसेको थियो । रासस