५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता
अ+ अ-

सुरुङ्गा(झापा) २२ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ ।

झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले हालसम्म ६ हजार ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले एक हजार ४२८ मत प्राप्त गर्नु भएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रन्जित तामाङले १२९ मत प्राप्त गर्नुभयो ।

झापा–१ मा रास्वपाकी निशा डाँगी ३ हजार १७० मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार २८ र नेपाली कम्युनिष्ट पार्टीका रामचन्द्र उप्रेतीले ७८० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै झापा–२ मा रास्वपाकी इन्दिरा राना मगर ३ हजार ३९५ मतसहित अगाडि हुनहुन्छ । नेकपा (एमाले) का देवराज घिमिरेले एक हजार ३१० मत प्राप्त गर्दा राप्रपाका भद्र नेपालले २०३ र नेपाली कांग्रेसकी सरिता प्रसाईले १९१ मत प्राप्त गर्नुभएको छ ।

झापा–३ मा रास्वपाका प्रकाश पाठक ४ हजार ७५ मतसहित अग्रस्थानमा रहनुभएको छ । राप्रपाका राजेन्द्र लिङ्देनले २ हजार ७७९ मत प्राप्त गर्नुभएको छ । श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले एक हजार ४६८, नेकपा (एमाले) का हरिबहादुर राजवंशीले एक हजार ३७ र नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ८८० मत प्राप्त गर्नुभएको छ ।

झापा–४ मा रास्वपाका शम्भूप्रसाद ढकाल ५ हजार २५४ मतसहित अगाडि हुनुहुन्छ । नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले एक हजार २४८ मत ल्याउँदा नेपाली कांग्रेसका देउकुमार थेवेले ४७० मत प्राप्त गर्नुभएको छ । जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस