१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ परेपछि कालिञ्चोक छपक्क, बढ्न थाले पर्यटक



अ+ अ-

चरीकोट । दोलखाको प्रसिद्ध कालिञ्चोकमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको कालिञ्चोकमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ ।
कहिल्यै हिमाली क्षेत्र नदेखेका तराईवासी कालिञ्चोक क्षेत्र पुगेर हिउँमा रमाउन थालेका छन् । धुनुषाका साहिद रउनका साथीहरूले कहिल्यै हिउँ छोएका थिएनन् तर पहिलो पटक उनीहरूले कालिञ्चोक पुगेर हिउँ नजिकैबाट देख्दा अचम्मित भएका साहिद रउनले बताए ।

तीन हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोक यतिखेर तराई क्षेत्रबाट आउने आन्तरिक पर्यटकको चहलपहलको थलो बनेको छ । शितलहरको बर्सेनि अनुभव गरेका तराईवासी यतिखेर सेताम्मै हिउँको समेत अनुभव लिन थालेका छन् । अझ रोचक त कहिल्यै अग्ला पहाड र हिमाल नदेखेकाहरू कालिञ्चोक पुगेपछि अचम्भित हुने गरेका छन् । कालिञ्चोकमा केबुलकार निमार्णसँगै यो क्षेत्रमा आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्लो समयमा तराई क्षेत्रका आन्तरिक पर्यटकको पहिलो रोजाइसमेत कालिञ्चोक बन्दै गएको छ ।

प्रदेश २ बाट दुई सय किलो मिटरको दूरीमा रहेको कालिञ्चोकमा केबुलकार चढ्ने र हिउँ हेर्न आउने गरेका छन् । आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरूमा लगानी थपिँदै गएको छ । नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा कालिञ्चोक क्षेत्रका होटलहरूको दिगो तथा व्यवस्थितमा सरकारको ध्यान जानुपर्ने होलट व्यवसायीहरूको गुनासो रहेको छ । यो वर्षको पहिलो हिमपातसँगै पर्यटक बढ्न थालेपछि खुसी हुँदै होलट व्यवसायी यम पाख्रिनले भने, करिब पाँच महिनाको कमाइले वर्ष धान्नु छ । गत साल त मङ्सिरमै हिउँ परेको थियो ।

पर्यटकको चहलपहल बढेको थियो । यसपालि ढिलै भए पनि अब राम्रा दिन आएज‚तो लागेको छ ।
हिउँ नपरे पनि जाडो भने बढेकै थियो । व्यापार नहुँदा जाडोले दुब्लाएर ब‚नु परेको दुःखेसो सुनाउँदै अर्का होटल व्यवसायी टीकाबहादुर तमाङले भने, चिया पिउने बेजोभन्दा अहिले केही थिएन । अब हिउँको सिजन आएको छ । केही हुन्छ कि ? कुरीका होटल व्यवसायीका लागि हिमपात सुदिनको सङकेत हुने गरेको खुसी व्यक्त गर्दै उनले भने, हिउँ लगातार आयो भने पर्यटक ओइरिन्छन् । यो भेल छोपिएन भने वर्षभरिको खर्च कसरी जोहो गर्नु ? उनले प्रतिप्रश्न गरे । गोरखापत्र दैनिकबाट