५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

निर्वाचनले संवैधानिक प्रणालीलाई पूर्णता दिने गृहमन्त्रीको दाबी

निर्वाचनले संवैधानिक प्रणालीलाई पूर्णता दिने गृहमन्त्रीको दाबी
अ+ अ-

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार गठनको शुरुवाती चरणमा आशंका र विरोध गर्नेहरू नै अहिले सरकारको काम देखेर विश्वास गर्न थालेको बताउनुभएको छ ।

सार्वजनिक जिम्मेवारीमा रहँदा शंका र विश्वास दुवै हुनु स्वाभाविक रहेको बताउँदै उहाँले शंका गर्नेहरूसँगै निरन्तर संवादमा रहेर उनीहरूलाई विश्वासमा लिन सरकार सफल भएको दाबी गर्नुभएको हो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीहरूमा सबै दलका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले देखाएको सद्भाव र सहयोगले सरकारको मनोबल उच्च बनाएको बताउनु भयो ।

देशले ठूलो हिंसा र राष्ट्र नै जोखिममा पर्ने अवस्था देखिसकेको सन्दर्भ उल्लेख गर्दै मन्त्री अर्यालले देशलाई त्यो दुष्चक्रबाट रोक्न र स्थितिलाई सामान्यीकरण गर्न सबैको विधिको शासन र कानूनी राज्यको पुनर्बहालीका लागि निर्वाचन अपरिहार्य हो भन्ने चाहना रहेको र सरकार त्यसमा सफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आशंका र विश्वास सँगसँगै गर्नुभएको थियो शुरुदेखि नै । जसले यो सरकारकै विरोध गर्नुभएको थियो, सरकार गठनको प्रक्रियाको सम्बन्धमा उहाँहरू पनि निर्वाचनको विरोधी हुनुहुन्नथ्यो । उहाँहरूले शुरुदेखि नै भनेको के थियो भने यो सरकारले सुरक्षाको प्रत्याभुति दिन्छ र ? यो सरकारले निष्पक्ष रूपमा चुनाव गराउँछ भनेदेखि हामी चुनावमा भाग लिन्छौं शुरुदेखि भनेको कुरा नै त्यही हो । अब हामीले सुरक्षाको प्रत्याभुति पनि दियौं र हामीले निष्पक्षताको प्रत्याभुति पनि दियौँ । त्यो हाम्रो बोली, व्यवहार, आचरण सबैबाट देखिसकेपछि जसले शुरुमा अलि अलि अविश्वास गर्न खोज्नुभएको थियो अथवा त्यस्तो खालको कहीँ भाष्य आएको थियो भने पनि उहाँहरूले नै चुनाव जसरी पनि सफल बनाउनुपर्छ भन्नुभयो । अब खास गरेर अब यसमा त दलहरूको कुरा आउँदाखेरि हामी अब प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा जाँदाखेरि सबै दलकै त मुख्यमन्त्री हुनुहुन्थ्यो नि त्यहाँ । दलकै मुख्यमन्त्री हुनुहुन्थ्यो, दलकै त्यहाँको आन्तरिक मामिला मन्त्री हुनुहुन्थ्यो । उहाँहरू हाम्रो कार्यक्रममा आउनुभयो । उहाँहरूले नै हामीलाई झन् मनोबल बढाउने, हामीप्रतिको विश्वासलाई अझै बढाउने खालको अभिवृद्धि गर्ने खालको सहयोग, सद्भाव र उहाँहरूको क्रियाशीलता सबै देखिसकेपछि यो बटम अप एप्रोचबाट पनि कतिपय अवस्थामा माथिल्लो नेतृत्वले केही अर्को खालको भाष्य दिइराख्दाखेरि पनि र प्रदेश स्तरबाट फेरि प्रदेशको मुख्यमन्त्रीज्युहरू त्यहाँको आन्तरिक मामिला मन्त्रीज्युहरू त्यहाँको सारा संयन्त्रले फेरि यो निर्वाचन उन्मुख हाम्रा गतिविधिहरूलाई, हाम्रो त्यो सम्बन्धी कार्ययोजनालाई, त्यो हाम्रो कार्यादेशलाई सफल बनाउनको लागि मजबुत ढंगले नै हामीलाई सहयोग गर्नुभयो । त्यो गर्दाखेरि यो खालको विश्वासको वातावरण बन्दै आएको अवस्था हो ।’

निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो ।

समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत छ

गृहमन्त्री अर्यालले समग्र देशको सुरक्षा अवस्था सुदृढ र मजबुत रहेको दाबी गर्नुभएको छ ।

गृह मन्त्रालयले पूर्वसूचनाको आधारमा रोकथामका उपायहरू अपनाएका कारण सुरक्षा चुनौतीहरू समाधान भएको उहाँले बताउनुभएको हो । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सुरक्षा निकायले सम्भावित चुनौतीहरूलाई रोकथामकै चरणमा पहिचान गरेर समाधान गरेको बताउनु भयो ।

केही छिटफुट रूपमा प्रकट भएका घटनाहरूलाई पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रक्रियामा लगेको बताउनु भयो । सुरक्षा व्यवस्थापनमा जनताको उल्लेख्य सहयोग रहेको बताउँदै उहाँले जनतालाई सहयोग गर्ने वातावरण तयार पार्न सरकारले विशेष पहल गरेको स्पष्ट पार्नुभयो । गृह मन्त्रालयले आफ्नो कार्यशैली र पद्धतिमा व्यापक सुधार गरेको बताउँदै मन्त्री अर्यालले अहिलेको संयन्त्र बढी समन्वयात्मक र सामूहिक नेतृत्वमा आधारित रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पूर्व सूचनाहरू जे जति हामीले विगतको अनुभवबाट थाहा थियो र पछि पनि घटनाक्रम विकास हुँदै जाँदाखेरि जे जस्ता कुराहरू थिए, तिनीहरूको हामीले पूर्व सूचनाबाटै शुरुको चरणमा रोकथामकै चरणमा हामीले धेरै त्यसमा समय दियौँ, त्यसमा धेरै हामीले समन्वय ग¥यौँ,धेरै पहल ग¥यौँ । त्यसकारणले यी चुनौतीहरू सुरक्षा चुनौतीहरू हामीले रोकथामकै चरणमा पहिचान गरेर त्यतिखेरै समाधान गर्यौँ र केही मात्रै छिटफुट जो प्रकट भएका थिए, तिनीहरूलाई पनि हामीले नियन्त्रणमा ल्याएर कानूनी कारबाहीको प्रक्रियामा पनि लग्यौँ । त्यो कारणले गर्दाखेरि सुरक्षा अवस्था शुरुदेखि नै सुदृढ र मजबुत हुँदै गएको हो । जनताले पनि सहयोग गर्नुभयो तर जनताले सहयोग गर्ने अवस्था, त्यो खालको वातावरण तयार पार्ने काम हामीले गरेको हो । र अहिले हामीले काम गर्दाखेरि काम गर्ने हाम्रो शैली र कार्य पद्धति पनि पहिलाको भन्दा हामीले सुदृढ गरेका छौँ । हामी बढी समन्वयात्मक छौँ अहिले ।’

तल्लो तहका सफल अभ्यासहरूलाई अन्यत्र पनि लागू गर्दै कानून र मापदण्डको पूर्ण पालना गराउन मन्त्रालय सफल भएको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल