५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान

करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगको अनुमान
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक बिबरण सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगकाअनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनु भयो ।

उहाँले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँकाअनुसार ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताहरूले केही केन्द्रमा अझै मतदान गरिरहेका छन् भने खसेको मतको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणअनुसार छिटफुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको बताउनु भयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन भएपछि ‘निर्वाचन निर्देशिका २०८२’ अनुसार तत्काल मतगणना शुरु गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान कार्य आज बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ । विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएकै मितिमा उत्साहजनक रूपमा सम्पन्न गराउने कार्य आफैँमा चुनौतीपूर्ण थियो। यस कार्यमा सहयोग, सहकार्य र समन्वयका लागि निर्वाचन आयोग, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक, सञ्चारकर्मीहरुप्रति आयोग धन्यवाद ज्ञापन गर्दछ । हालसम्म प्राप्त विवरणअनुसार करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ । मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रहरुमा मतदानको कार्य जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भइरहेको छ । छिटफुट अवरोधका घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ । मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रुपमा संकलन भएपछि निर्देशिका २०८२ अनुसार मतगणना तत्काल शुरु हुने जानकारी गराउँदछु । दुर्गम १५ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदैछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पु¥याइने लक्ष्य छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ तथा बाजुरा र हुम्लामा शुक्रवार बिहान सम्बन्धित मतगणना स्थलमा पु¥याइनेछ ।’

आयोगकाअनुसार भौगोलिक रूपमा विकट १५ वटा दुर्गम जिल्लाहरूमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी भइरहेको छ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुमका सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पु¥याइने लक्ष्य राखिएको छ । त्यसैगरी, संखुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा भने शुक्रवार बिहान मात्र मतपेटिका मतगणना स्थलमा पु¥याइने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका थिए ।