९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल रेडक्रसका प्राथमिक उपचार स्वयंसेवक मतदान केन्द्र परिसरमा परिचालित



अ+ अ-

काठमाडौँ ।  नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालित गरेको छ ।

काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना स्वयंसेवकले सेवा प्रदान गरिरहेका छन् । साथै ती स्वयंसेवकको अतिरिक्त शाखाले एम्बुलेन्ससहित सातजनाको अलग टोली पूर्वतयारी अवस्थामा राखेको छ ।

जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलले मतदान केन्द्रमा आकस्मिक प्राथमिक उपचार सेवा उपलब्ध गराउनुपर्ने स्थिति सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर राखी स्थानीय रुपमा प्राथमिक उपचार टोली तथा सामग्रीहरू पूर्वतयारी गरिएको जानकारी दिए। उनले भने, “प्राथमिक उपचार स्वयंसेवकले तत्काल प्राथमिक उपचार सेवा आवश्यक पर्नेलाईसेवा प्रदान गरिरहेका छन् ।”

यसका लागि जिल्ला शाखाले प्राथमिक उपचार स्वयंसेवकहरूका लागि अभिमुखीकरणसमेत आयोजना गरेको थियो । अभिमुखीकरणमा प्राथमिक उपचार पुनर्ताजगी, सुरक्षित पँहुच, मनोसामाजिक सहयोग र मनोवैज्ञानिक प्राथमिक उपचारलगायतका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ । शाखाले स्वयंसेवकहरूलाई मानवीय सेवाका विभिन्न गतिविधिहरू सञ्चालनमा परिचालन गर्दै आएको छ ।