९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ। मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली पार्कबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु २० हजार ४९५ सहित चार जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सुनसरीका ३३ वर्षीय सुनिल थापा र आशिष पाण्डे, ललितपुर इमाडोलका २१ वर्षीय राशि गौतम र काठमाडौँको नक्साल निवासी २१ वर्षीय युनिक पोखरेललाई पक्राउ गरिएको हो ।

प्रहरीवृत्त थिमिबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई मङ्गलबार पक्राउ गरेको हो ।  रासस