२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमा आश्रमका बालबालिकालाई सहयोग



अ+ अ-

काठमाडौँ । पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ ।

विभिन्न आश्रम, विद्यालय तथा सडकमा जीवन काटिरहेकाहरुलाई राहत प्रदान गर्ने उद्देश्यले यस्तो सहयोग गर्न थालिएको हो ।

जन्मदिनको दिन गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, आश्रममा पुगी खाना खुवाउने तथा लत्ताकपडा वितरण गर्ने प्रचलन बढेर गएको छ । विभिन्न अवसर पारी दाताहरुले सहयोग गर्न थालेपछि आश्रम सञ्चालकहरुले सहज महसुस गर्न थालेका छन् ।

पत्रकार दीपक भुसालले जन्मदिन पारेर काठमाडौँको कागेश्वरी मनोहरा–७ मा फ्युचर होप नेपालले सञ्चालन गरेको बालआश्रममा पुगी बालबालिकालाई खाना खुवाउनु भएको छ । आश्रममा २३ जना बालबालिकाले आश्रय लिइरहेका छन् । सबैले होप एजुकेशनल एकेडेमीमा पढ्छन् । एकेडेमीले पचास प्रतिशत छुटमा बालबालिका पढाइरहेको छ ।

आश्रमले विद्यालयलाई बुझाउने एक महिनाको शुल्कको पचास प्रतिशत रकमसमेत व्यहोर्ने भुसालले बताउनुभयो । “मैले १० वर्षदेखि जन्मदिनमा केक काटेर साथीभाइसँग रमाइलो गर्दै आएको थिएँ”, उहाँले भन्नुभयो, “यो वर्ष कुनै अनावश्यक खर्च नगरी सबै बालबालिकाको पालनपोषण र शिक्षामा खर्च गरेँ ।”

उहाँले प्रत्येक वर्ष समाजिक क्षेत्रमा लगानी गरेर जन्मदिन मनाउने बताउनुभयो । “सबैले फजुल खर्च कटौती गरी दुःखी पीडितलाई सहयोग गर्ने हो भने कोही पनि अभावमा बाँच्नु पर्दैन”, उहाँले भन्नुभयो ।

फ्युचर होप नेपालका अध्यक्ष रीता सिवाकोटीले बुबाआमाले गरेको समाजसेवाबाट प्रभावित भएर आश्रम सञ्चालन गरेको बताउनुभयो । “बुबाआमा धार्मिक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “बुबाआमाले दुःखी गरिबलाई गरेको सहयोगबाट प्रभावित भएर म पनि समाजिक काममा लागेँ ।” “आफ्नो लागि, आफ्ना बालबच्चाका लागि र आफ्नो परिवारका लागि गर्नु कुनै ठूलो विषय होइन”, उहाँले थप्नुभयो, “जस्ले अरूका लागि गर्छ, ऊ नै महान् हो ।”

उहाँले बालबालिकाका लागि चाहिने शैक्षिक सामग्री र खाद्यान्नको अभाव नरहे पनि रकम अभावका कारण विद्यालयमा शुल्क बुझाउन मुस्किल परिरहेको बताउनुभयो ।