२५ भाद्र २०८३, बिहीबार
,
Latest
यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस नसकिँदै खानेपानीको अभाव



अ+ अ-

बारा । बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ ।

करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो ।

नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल पर्यटन वर्ष २०२० आउँनै लाग्दा सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आवश्यक मात्रामा पानीको प्रयोग गर्न नपाएका हुन् । यस पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने–जाने गर्दछन् ।

पर्सा राष्ट्रिय निकुञ्ज, हात्ती सफारी, जङ्गल सफारी, पैदल सफारी, रेल्वे क्षेत्र, चुरे पहाड र कामिनी दह लगायतका पर्यटकीय क्षेत्र रहेको भए पनि पर्यटकलाई आवश्यक पर्ने पानीको अभावमा हुँदा पर्यटन व्यवसाय सङ्कटमा परेका छन् ।

राणा प्रधानमन्त्री देवशम्शेरले २४ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की विसं १८९६ मा निर्माण गरी विसं १९५३ बाट सञ्चालनमा ल्याएको भए पनि अहिले सो ट्याङ्कीमा पानी सुक्दै गएको र अरू विकल्प केही नहुँदा पर्यटकीय गन्तव्य अम्लेखगञ्जवासी नै सङ्कटमा परेका छन् ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको अम्लेखगञ्जमा खानेपानीका लागि कुनै पहल नहुँदा यसैका कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीय होटल व्यवसायीले बताएका छन् । अहिले अन्य स्थानबाट पानी किनेर ल्याउनु परेको स्थानीयवासी, होटल तथा रिसोर्ट सञ्चालकहरुको गुनासो छ ।