१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस नसकिँदै खानेपानीको अभाव



अ+ अ-

बारा । बाराको अम्लेखगञ्जमा खानेपानीको अभाव शुरु भएको छ ।

करिब आठ दशकअघि गुल्जार शहरका रुपमा परिचित ऐतिहासिक शहर अम्लेखगञ्जमा पुस नसकिँदै खानेपानीको अभाव शुरु भएको हो ।

नेपाल पर्यटन वर्ष २०२० को चर्चा–परिचर्चा शुरु भइरहेको र नेपाल पर्यटन वर्ष २०२० आउँनै लाग्दा सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले आवश्यक मात्रामा पानीको प्रयोग गर्न नपाएका हुन् । यस पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउने–जाने गर्दछन् ।

पर्सा राष्ट्रिय निकुञ्ज, हात्ती सफारी, जङ्गल सफारी, पैदल सफारी, रेल्वे क्षेत्र, चुरे पहाड र कामिनी दह लगायतका पर्यटकीय क्षेत्र रहेको भए पनि पर्यटकलाई आवश्यक पर्ने पानीको अभावमा हुँदा पर्यटन व्यवसाय सङ्कटमा परेका छन् ।

राणा प्रधानमन्त्री देवशम्शेरले २४ लाख लिटर क्षमताको खानेपानी ट्याङ्की विसं १८९६ मा निर्माण गरी विसं १९५३ बाट सञ्चालनमा ल्याएको भए पनि अहिले सो ट्याङ्कीमा पानी सुक्दै गएको र अरू विकल्प केही नहुँदा पर्यटकीय गन्तव्य अम्लेखगञ्जवासी नै सङ्कटमा परेका छन् ।

पर्यटकीय क्षेत्रका रुपमा रहेको अम्लेखगञ्जमा खानेपानीका लागि कुनै पहल नहुँदा यसैका कारण आफूहरु विस्थापित हुने अवस्थामा पुगेको स्थानीय होटल व्यवसायीले बताएका छन् । अहिले अन्य स्थानबाट पानी किनेर ल्याउनु परेको स्थानीयवासी, होटल तथा रिसोर्ट सञ्चालकहरुको गुनासो छ ।