९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक छेउमा फुलेका चेरी फूल: वसन्तको रंगीन उत्सव-फोटो फिचर



अ+ अ-

काठमाडौँ । फागुन–चैतको मधुर घामसँगै काठमाडौँका सडक छेउछाउमा चेरी फूलहरू मुस्कुराउन थालेका छन्। हल्का गुलाबी र सेता फुलहरुले गर्दा व्यस्त सडक पनि केही क्षणका लागि शान्त, काव्यमय र फोटोमैत्री बनेका देखिन्छन्।

उपत्यकाका विभिन्न क्षेत्र—भृकुटीमण्डप, लाजिम्पाट, दरबारमार्ग नक्साल र सिनामंगल सडक खण्डमा रोपिएका चेरीका बोटहरूले अहिले धेरैको ध्यान तानेको छ ।ती बाटो भएर यात्रा गर्नेहरु चेरी फूल मोबाइलमा कैद गर्न एकैछिनका लागि फूलतर्फ फर्किएको देखिन्छ।

जापानदेखि काठमाडौँसम्म

चेरी फूल (साकुरा) लाई वसन्तको प्रतीक मानिन्छ। जापानमा चेरी फूल फुल्ने समयलाई ‘हनामी’ पर्वका रूपमा मनाइन्छ—परिवार, साथीभाइ र समुदाय मिलेर फूल अवलोकन गर्ने सांस्कृतिक परम्पराका रुपमा लिने गरिन्छ ।

काठमाडौँमा पनि पछिल्ला वर्षहरूमा विभिन्न निकाय र दूतावासहरूको सहकार्यमा चेरीका बिरुवा रोप्ने अभियान बढेको छ, जसले शहरको सौन्दर्यसँगै अन्तर्राष्ट्रिय मित्रताको संकेत पनि बोकेको छ।

फोटो- राजबहादुर शाही