१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजबाट शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

“विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करिब दुई दशमलव दुई किलोमिटर मात्रै छ”, उहाँले भन्नुभयो, “यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौँ ।’’ यसलाई मूर्तरुप दिने कार्य अघि बढिसकेको पनि शाक्यले थप्नुभयो ।

प्रमुख शाक्यले आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको भन्दै कामपाले यसलाई वर्षभरि नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँनयाँ योजना ल्याउने पनि बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने, उहाँहरुलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउनेजस्ता योजना पनि शुरु गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

सङ्घीय सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि कामपाले सकारात्मक पहल गरिरहेको धारणा राख्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष २०२० लाई अब एक वर्ष मात्र होइन, कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । महोत्सव पुस २२ गतेसम्म चल्नेछ ।