१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राणाकाल जस्तो फसाउदैनौ, शंका गर्नु हुदैँन : अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ऐन कार्यान्वयनमा नआउँदै शंका उपशंका नगर्न उपयुक्त नहुने बताउनुभएको छ ।

राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उहाँले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक विधिबाट कार्यान्वय हुने बताउनुभयो ।

कतिपय कानुनहरु कार्यान्वयन तहमा जाँदा समस्या देखिएमा संशोधन गर्ने गरिएको बताउँदै उहाँले कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की भनेर आशंका नगर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘कार्यान्वयनको तहमा नै नआइ हामीले शंका आशंका पूर्व अनुमान गर्नु उपयुक्त नहोला । कतिपय कानुन कार्यान्वयन गर्दै जाँदा केही समस्या पनि आउन सक्छन् त्यसैले संशोधनमा लाने पनि गरेका छौँ । तर कानुन निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरुलाई अपवादका रुपमा लागु हुन्छ की ? भन्ने आशंका नगर्न आग्रह गर्दछु ।’’

अर्थमन्त्री खतिवडाले संविधानमा भएको मैलिक हक, गोपनियताका हकसम्बन्धि व्यवस्थाहरुलाई प्रतिकुल असर पर्नेगरी कानुन नबन्ने दाबीगर्नुभयो

लोकतान्त्रीक विधिबाट जननिर्वाचित सांसदहरुले बनाएको सरकारले बनाएका कानुन प्रयोग गर्ने विधि पनि लोकतान्त्रिक नै हुने भन्दै उहाँले भन्नुभयो, ‘‘कानुनमा राम्रा दफा भएर मात्रै हुँदैन् । त्यसलाई प्रयोग गर्ने सरकारले आफ्नो विवेक कसरी गर्छ । कति लोकतान्त्रिक विधिबाट राज्य सञ्चालन गर्छ त्यसमा ति कानुननका दफाको प्रयोग सुनिश्चित हुन्छ ।’’

सरकारले मौलिक हकलाई सुरक्षित र सुव्यवस्थित गर्न कानुन बताउँदै खतिवडाले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भन्नेतर्फपनि सबैले ध्यान दिनुपर्ने बताउनुभाये । ‘आफ्नो प्रयोग गर्दा अर्को नागरिकलाई हानी नोक्सानी नहोस् । सामाजिक सद्भाव नखल्बलियोस र राष्ट्रिय सुरक्षामा आँच नपु¥याओस भन्ने हिसाबले मौलिक हक भित्र नागरिकका दायित्व पनि त हुँदा हुन् ।’, उहाँले भन्नुभयो ।

प्रतिपक्षि दलका सांसदहरुले विरोधीलाई फसाउन कानुन ल्याएको बताइरहँदा खतिवडाले लोकतान्त्रिक प्रकृयामा त्यस्तो नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

अहिलेको अवस्थामा कसैले कसैलाई चाहेर पनि फसाउन सक्ने अवस्था नभएको र कुनै कालखण्ड (राणाकाल) मा जस्तो विरोधी फसाउने पो होकी भन्ने आशंका नगर्न उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ ।