काठमाडाैँ । भैरहवास्थित भीम अस्पतालमा ‘र्यापिड एक्सन टास्क फोर्स’ गठन गरिएको छ। डा. मदन अधिकारीको संयोजकत्वमा गठन गरिएको यस फोर्समा डा. विनोद खनाल, डा. आरिफ हुसेन, डा. रवि शुक्ला, नारायणसिंह कोइरी, भेषनारायण चौधरी, ईश्वरी ज्ञवाली, बन्दना पँगेनी र जनकराज पन्त सदस्य रहेका छन्।
भिम अस्पतालका प्रमुख डा. वर्षा थापाका अनुसार, पर्सि बिहीबार सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी यो फोर्स गठन गरिएको हो।
भीम अस्पताल, सिद्धार्थनगर नगरपालिका–१३, भैरहवामा १९९० सालमा स्थापना भएको हो र यसले क्षेत्रीय स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।











