३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

प्रतिनिधिसभा निर्वाचनका लागि व्यापक सुरक्षा व्यवस्था, सीमानाका बन्द- फोटो फिचर

प्रतिनिधिसभा निर्वाचनका लागि व्यापक सुरक्षा व्यवस्था, सीमानाका बन्द- फोटो फिचर
अ+ अ-

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदानमा सहभागी हुन सर्वसाधारणहरू मंगलबारदेखि नै गृहजिल्ला प्रस्थान गर्न थालेका छन्।

काठमाडौंको माछापोखरी क्षेत्रमा मंगलबार बिहानैदेखि गृहजिल्ला जान सवारीसाधन चढ्न आएका यात्रुहरूको भीड देखिएको थियो। लामो दूरीका बस तथा अन्य सार्वजनिक सवारीसाधनमा यात्रुहरूको चाप बढेको यातायात व्यवसायीहरूले बताएका छन्।

निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षाकर्मीहरूलेविभिन्न स्थानमा गस्ती तीव्र पारेका छन्। नेपाली सेना ले नियमित गस्ती गरेको छ। साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि उच्च सतर्कतामा रहेका छन्।

यसैबीच, निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमास्थित बेलहिया नाका मंगलबारदेखि बन्द गरिएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ७२ घण्टा अगावै सीमानाका बन्द गरिएको प्रशासनले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्बन्धित निकायहरू तयारी अवस्थामा रहेको जनाइएको छ।

तस्बिरः रासस