१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस नयाँ सोच र सङ्कल्पसहित अघि बढेको छ-भीष्मराज आङ्देम्बे



अ+ अ-

सुनसरी। नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेस नयाँ सोच र संकल्पसहित अघि बढेको बताउनुभएको छ ।

आज धरानमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले विशेष महाधिवेशनपछि पार्टी वैचारिक रूपमा रूपान्तरणको दिशामा अघि बढेको बताउनुभयो ।

“नेपाली कांग्रेस प्रश्नहरूको चाङ बोकेर होइन, अवसरहरू बोकेर अघि बढेको छ”, उहाँले भन्नुभयो, “राष्ट्रियताको जग हल्लिएको बेला त्यस धरातलमा रोपिएको लोकतन्त्रको बिरुवा फस्टाउन सक्दैन भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट छ ।”

मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेसले बारम्बार चुनौती भोग्दै आएको उल्लेख गर्दै पार्टीले जिम्मेवार अभिभावकको भूमिकामा रहँदै ती चुनौतीलाई सामना गर्दै आएको बताउनुभयो । रासस