६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ निर्वाचन क्षेत्र ८: यस्ता छन् सपनाका योजना



अ+ अ-

काठमाडौँ । सपना राजभण्डारी जोशी काठमाडौँ निर्वाचन क्षेत्र ८ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छिन् । नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीकी धर्मपत्नी राजभण्डारी यतिबेला चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । २०२३ सालमा काठमाडौँको नार्गाजुनमा जन्मिएकी राजभण्डारीले विद्यार्थी हुँदादेखि नै राजनीतिक यात्रा शुरू गरेकी हुन् ।

नेता जोशीसँग वैवाहिक जीवनमा गाँसिनुअघि सक्रिय विद्यार्थी राजनीतिमा रहेकी राजभण्डारी पछिल्लो समय सामाजिकसँगै शैक्षिक सेवामा पनि क्रियाशील थिइन् । जोशी सोही क्षेत्रबाट २०६४ र २०७० मा संविधानसभा सदस्य निर्वाचित भएका थिए । राम्रो सांगठनिक पकड, निष्ठा र इमानदारीपूर्वक राजनीति गरेर फरक पहिचान स्थापित गराएका उनी क्षेत्र र पार्टीभित्र लोकप्रिय थिए ।

श्रीमान् सक्रिय राजनीतिमा रहेका बेला गृहिणीसँगै विभिन्न सामाजिक काममा सक्रिय रहेकी राजभण्डारी पछिल्लो समयमा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छिन् । २०७७ साल १३ चैत मस्तिष्कघातबाट नवीन्द्रराजको निधन भएपछि पार्टीले नै उनलाई राजनीतिमा थप सक्रिय गराएको थियो । नवीन्द्रको इमान्दारी, निष्ठा र सपनालाई साकार पार्न आफू सक्रिय राजनीतिमा आएको बताएको बताएकी छिन् ।

दोस्रो पटक सोही क्षेत्रमा चुनावी प्रतिस्पर्धामा रहेकी राजभण्डारीले यस पटकको चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिसहित प्रचारप्रसारमा छिन् । अहिलेको अवस्था हेर्दा चुनावी राजभण्डारीको पक्षमा देखिन्छ । मतदाताका अपेक्षाहरु धेरै हुन्छन् । तर यस क्षेत्रका मतदाताको ठूला अपेक्षा छैनन् । त्यसका लागि उनी निर्वाचित भइन् भने राम्रो हुनेछ भन्नेमा सबै जना आशावादी रहेको उनी दाबी गर्छिन् ।

राजभण्डारीले यस पटकको चुनावी एजेण्डामा भदौ २३ र २४ को आन्दोलन र भयावह अवस्थालाई मध्यनजर गरेर तत्कालको आवश्यकता भनेको जेन(जी आन्दोलनको म्यान्डेटलाई साकार पार्नु रहेको छ ।

पुराना पार्टीका व्यक्तिहरु पनि सच्चिएर र बदलिएर आउनुपर्छ भन्ने सबैको चाहना थियो । त्यहीअनुरूप कांग्रेस सच्चिएर आएको छ । इमान्दार व्यक्तिहरु आउनुपर्छ भन्ने मतदाताको इच्छा छ । नेपाली कांग्रेस पनि विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर आएकाले वा रुपान्तरित भएकाले आमनागरिकले कांग्रेसलाई हेर्ने दृष्टिकोण बदलिएको छ । त्यसैले यस क्षेत्रमा नेपाली कांग्रेसप्रति मतदाता धेरै उत्साहित छन् ।

काठमाडौँका अधिकांश तहमा कांग्रेसको बलियो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात् नगरपालिकाले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताको ठूलो अपेक्षा नभएको उनीको बुझाई रहेको छ ।

केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका जनताको माग सम्बोधन गर्न आवश्यक छ । राजभण्डारीले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएकी थिइन् ।

राजभण्डारीको चुनावी ऐजेण्डामा बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकले दु:ख पाइरहेकाले त्यसको सुधारका प्राथमिकता दिने उल्लेख छ ।

बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्नेछ ।

साथै उनको चुनावी एजेण्डामा काठमाडौँ उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यकता रहेकाले विद्यालयस्तरमै सचेतना कार्यक्रम गरिनेछ । यसअघिको संसदमा राजभण्डारीले यही मुद्दा उठाउँदै आएकी थिइन् । जसको प्रभावले राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताको पहिचान गरेर रणनीतिकसहित चुनावमा होमिएकाले जित्ने निश्चित देखिएको छ ।

खलयो उपस्थिति भएकाले स्थानीय सरकार अर्थात् नगरपालिकाले जनताको चाहना अनुसार नै बजेट विनियोजन गरिरहेकाले मतदाताको ठूलो अपेक्षा नभएको उनीको बुझाई रहेको छ । केही वडाहरु भौगोलिक रुपमा कठिन अवस्थामा रहेकाले त्यस क्षेत्रका जनताको माग सम्बोधन गर्न आवश्यक छ । राजभण्डारीले यसअघि पनि धेरै मुद्दाहरुमा सहजीकरण गर्ने अवसर पाएकी थिइन् ।

राजभण्डारीको चुनावी ऐजेण्डामा बसन्तपुर र स्वयम्भू लगायतका क्षेत्रहरु पर्ने भएकाले त्यस क्षेत्रमा वैकल्पिक सडकहरु नहुँदा यात्रु वा पर्यटकले दु:ख पाइरहेकाले त्यसको सुधारका प्राथमिकता दिने उल्लेख छ । बसन्तपुर क्षेत्रकै कुरा गर्दा इन्द्रचोक थुनिएको खण्डमा धेरै घुम्नुपर्ने अवस्था छ । त्यसका लागि वैकल्पिक उपायहरु खोज्नुपर्ने छ । सुरक्षाको प्रत्याभूति दिनुपर्ने अर्को महत्वपूर्ण काम गर्नुपर्नेछ ।

साथै उनको चुनावी एजेण्डामा काठमाडौं उपत्यकामा यतिबेला वेभ सिगरेटले युवाहरुलाई कुलतमा फसाइरहेकाले त्यसको उपचार र रिहाब सेन्टरहरुको आवश्यकता रहेकाले विद्यालयस्तरमै सचेतना कार्यक्रम गरिनेछ । संसदमा उनले यो मुद्दा पनि उठाएकी थिइन् ।

जसको प्रभावले राज्यले तुरुन्तै सम्बोधन गरेर काम अगाडि बढाएको थियो । राजभण्डारीले आफ्नो निर्वाचन क्षेत्रका जनताको आवश्यकताको पहिचान गरेर रणनीतिकसहित चुनावमा होमिएकाले जित्ने निश्चित देखिएको छ ।