काठमाडौं । सार्वजनिक सवारीसाधन चलाउदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने भएको छ । चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना भएका कारण यो नियम लागू गर्न लागिएको हो ।
‘गाडी चलाउँदा चप्पल चिप्लिएर पनि दुर्घटना भएको पायौँ, त्यस्तै चप्पलको फित्ता ब्रेक र एक्सिलेटरमा अड्किएर पनि दुर्घटना हुने रहेछ। यस्तो दुर्घटना हटाउन हामीले यो निणर्य गरेका हौँ’ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालहमालले भने।
‘यात्रुको ज्यानको सुरक्षाको लागि हो भने हामी यो नियम मान्न तयार छौँ, तर सार्वजनिक यातायात मात्र दुर्घटना हुने होइन। निजी गाडी चलाउनेको हकमा पनि यो नियम लागू गर्नु पर्छ,’ सिटौलाले भने।