२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः संयोजक दाहाल



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी ध्रुवीकरण आजको आवश्यकता भएको बताएका छन् । वामपन्थी पृष्ठभूमिका व्यक्तिलाई आज पार्टीमा स्वागत गर्दै उहाँले देशभक्त वामपन्थी शक्ति एक भएको भए मुलुक अहिलेको अप्ठयारो परिस्थितिमा नपुग्ने दाबी गरे।

जेनजी आन्दोलन र भदौ २४ गतेको घटनापछि कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने आवश्यकता बढेको जनाउँदै संयोजक दाहालले त्यसैको परिणामस्वरुप नेकपा गठन भएको स्पष्ट पारे।

जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातर्फ धकेल्ने तथा दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवादी प्रवृत्तिका विरुद्ध जुधेर राष्ट्र जोगाउन सक्ने क्षमता नेकपासँग मात्रै भएको उहाँको भनाइ थियो । अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता औँल्याए ।

संयोजक दाहालले प्रधानमन्त्री हुँदा आफूले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको बताए।

उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि आफ्नो पार्टीलाई मतदान गर्न अपिल गरे। भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेन्डा रहेको उनको भनाइ छ ।

सन्तुलित र स्वाभिमानी विदेश नीति, रोजगारमुखी तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण, कृषि र उद्योगबीच समन्वय गरी स्वदेशमै रोजगारी सिर्जना गर्न नेकपा प्रतिबद्ध रहेको बताए।