काठमाडौं । एक किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बिहीबार मध्याह्न फ्लाई दुबईबाट काठमाडौं आएका कासिब मोहम्मदको साथबाट एक किलो सुन बरामद गरिएको हो ।
त्रिभुवन विमानस्थलमा खटिएको अपराध महाशाखाको टोलीले सुनसहित उनलाई पक्राउ गरेको हो।
महाशाखाको टोलीले नै सुन लिन भारतबाट बिहीबार नै काठमाडौं ओर्लेका मुस्राफिन मोहम्मदलाई पनि पक्राउ गरेको छ।
कासिब मोहम्मदले सुनलाई पगाली प्याकेटमा हालेर तस्करी गरेको प्रहरीले जनाएको छ।
यसअघि सोमबार आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका थिए।