१६ श्रावण २०८३, शनिबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध गणेश यादवका परिवारसँग आठबुँदे सहमति बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ५ विकेटले हरायो



अ+ अ-

नयाँ दिल्ली। दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा आफ्नो अन्तिम सुपर–८ खेलमा जिम्बाब्वेलाई ५ विकेटले हराएको छ ।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

जिम्बावेका लागि कप्तान सिकन्दर राजाले उत्कृष्ट प्रदर्शन गर्दै ४३ बलमा ७३ रनको आक्रामक इनिङ्स खेले। उनलाई साथ दिँदै क्लाइभ मडान्डेले अविजित २६ रन जोडे।

बलिङतर्फ दक्षिण अफ्रिकाका युवा बलर क्वेना माफाकाले ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए भने कोर्बिन बोशले पनि २ विकेट लिए।

दक्षिण अफ्रिकाको जितमा युवा ब्याटर डेवाल्ड ब्रेभिसको भूमिका निर्णायक रह्यो। उनले मात्र १८ बलमा ४२ रनको विष्फोटक पारी खेले। त्यस्तै रायन रिकलटनले ३१ र जर्ज लिन्डेले अविजित ३० रनको योगदान दिए।

जिम्बावेका लागि सिकन्दर राजाले बलिङमा पनि चम्किँदै ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।