वेलकम एड्भरटाईजिङ् प्रा. लि र एडस्टार्टर प्रा.लि ले हालसालै रणनितिक साझेदारी कायम गर्ने उदेश्य सहित एक सम्झौंतापत्र माहस्ताक्षर गरेका छन् । नेपाली संचारमाध्यमहरुमा विज्ञापन बुकिङ/संकलक र प्रसारण/प्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एड्भरटाईजिङ् का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रा. लि का नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनाल ले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार एडस्टार्टरले आफ्नो वेबसाईट मार्फत नेपाल र विदेशमा बस्ने दुबै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफ.एम हरुमा प्रकाशन/प्रसारण गर्नेछ । “नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने ब्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि बिभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको छ ।
यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टर सँग रणनितिक साझेदारी गरेका हौं,” वेलकम का अध्यक्ष पौडेल बताउछन् । “अब विश्वभर छरिएर रहेका विज्ञापनदाताहरुले प्रत्यक्ष रुपमा नेपाली संचारमाध्यममा आफ्नो विज्ञापन प्रकासन/प्रशारण गर्न सक्नेछन् । त्यसैले यस साझेदारीले विगत केहि समयदेखि निरन्तर खस्किरहेको नेपाली विज्ञापन बजारलाईविस्तार गर्न महत्वपुर्ण भुमिका खेल्न सक्छ,” पौडेल थप्नुहुन्छ ।
यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबिच प्रत्यक्ष अन्तरकृया गराई दुबै पक्षलाई ब्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउछन् ।