६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनको सन्दर्भमा गजेन्द्र बुढाथोकीको स्वघोषणा



अ+ अ-

मेरो तीन दशकको आर्थिक पत्रकारिताको अनुभव, अपाङ्गता अधिकारकर्मीरसामाजिक रुपान्तरण अभियन्ताको निरन्तर अम्यास र एक प्रश्न गर्न सक्ने सचेत नागरिकका हैसियतले आउँदो फागुन २१ गते हुने निर्वाचन निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समानुमातिक सूचीमा निर्वाचन आयोगमा नाम दर्ता भएको समस्त शुभचिन्तकमा पुन: स्मरण गराउन चाहन्छु ।

फ्रान्सेली दार्शनिक ब्यारन डी मन्टेस्क्युले प्रतिवादन गरेको शक्ति पृथकीकरणको सिद्धान्त (Theory of Separation of Powers) अनुसार विश्वमा राज्य चल्ने गरेको छ । जसअनुसार राज्यका तीन अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले स्वतन्त्र रूपमा काम गरेमा राज्यको विकासको गति सहज रूपमा अगाडि बढ्दछ । तर, नेपालले लामो समय राजनीतिक अस्थिरता भोग्दै आएको छ भने तीन वटा राज्यका अंगहरूले राम्रोसँग काम गर्न नसक्दा नेपाली जनताको भविष्य अलमलमा रहेको सबैले भोगेकै कुरा हो ।

राज्यको समग्र विकास र दरिलोपनका लागि सबैभन्दा बढी प्रभावकारी अंग भनेको व्यवस्थापिका (संसद) नै हो । त्यसैले मैले मुख्यत: तीन वटा विषय समन्यायिक, समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना र सुसस्कृत मिडिया उद्यम विकासको मुद्दा बोडेर संसदीय दौडमा होमिएको छु । साथमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेको संकल्प पत्र चुनावका एजेन्डाका रूपमा अंगिकार गरेर अगाडि बढेको छु । जसमार्फत मूलत: राप्रपाका हाल निर्देशन मण्डलको अध्यक्ष रहनु भएका उदारीकरणका पिता डा. प्रकाशचन्द्र लोहनीले २०४२ सालमा नेपालमा सुरुवात गर्नुभएको पहिलो चरणको आर्थिक सुधारलाई अब नयाँ पुस्ताबाट नयाँ चरणको आर्थिक सुधार अगाडि बढाउन म प्रतिबद्ध छु ।

राज्यका तीन अंकहरू भन्दा पनि माथि चौथो अंग छ, पत्रकारिता । मैले जीवनभर कमाएको कमाइ भनेको स्वतन्त्र, निस्पक्ष र भयरहीत निरन्तर पत्रकारिता हो । विश्वले मानेको स्वतन्त्र पत्रकारिताको मर्म अनुरूप राज्यका तीनै अंगलाइ निगरानी गर्ने क्षेत्र पत्रकारिता हो । विशेषगरी पछिल्लो ३१ वर्षमा मैले गरेको पत्रकारिताको अनुभवमा तीनै अंगको खबरदारी गर्न कुनै कसर बाँकी नराखेको पनि स्पष्ट पार्न चाहन्छु । पछिल्लो समयमा म सम्बद्ध टक्सार म्यागजिनका पाँच वर्षका हरेक अंकले पनि नेपालको आर्थिक विकासको एजेण्डालाइ नीतिगत सम्बोधनका लागि सधै झकझकाइरहेको छ ।

टक्सार टीमले पत्रकारिताबाटै थप स्वतन्त्र अभ्यास गरिरहनेछ भने म प्रत्यक्षरअप्रत्यक्ष टक्सारको साथमा रहनेछु । मलाइ परिवारको सदस्यमात्र नभइ अभिभावकीय भूमिकामा सम्मान र अवसर प्रदान गरेकोमा टक्सारको प्रकाशक कम्पनी बोधी सञ्चार प्रा।लि। र मेरा सबै सहकर्मीप्रति आभारी छु । टिमले दिएको माया, सम्मान र सल्लाह सुझावलाइ मनन गर्दै अघि बढ्ने छु । हिजो म र मेरो टिमले बनाएको नीति टक्सारको रहेको थियो भने भूमिका फेरिँदै गर्दा म संसदमा पुग्दा टक्सारको नीतिलाइ मैले बोकेर गएको हुनेछु भन्ने पनि स्पष्ट गर्न चाहन्छु ।

मेरो व्यक्तिगत र म सम्बद्ध पार्टीको कुनै पनि प्रभाव टक्सारमा पर्नेछैन भन्ने पनि प्रतिवद्धता गर्न व्यक्त गर्नु मेरो धर्म र कर्म दुबै हो जस्तो लाग्छ ।

राज्यका तीनै अंग र समाजलाइ मैले जहिले प्रश्न गर्दै आएको छु र गरिरहने छु । प्रश्न गर्ने थलो अब संसद हुनेछ भन्ने दृढ विश्वासकासाथ मैले नेपाली समाजको विकासमा थप योगदान गर्नेछु । राजनीतिक अभ्यासमा मेरो मार्गदर्शन गर्ने पार्टी राप्रपाले घोषणापत्र (स‌ंकल्प पत्र) पनि सार्वजनिक गरिसकेको छ । हामीले ‘संवर्धनवाद’बाट आर्थिक सुधार ३।० सम्मको रोडम्याप प्रस्तुत गरका छौँ । राप्रपा सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माणमा विश्वास राख्छ। बडामहाराजाधिराज पृथ्वीनारायण शाह लाई आदर्श पुरुष मान्दै ‘पृथ्वीपथ’ मार्गदर्शन सिद्धान्त बनाइको छ पार्टीले । अहिलेको परिप्रेक्षमा राप्रपा देशको एकमात्र वैकल्पिक राजनीतिक शक्ति हो भन्नेमा कुनै अर्को मत छैन ।

राजसंस्था र हिन्दू राष्ट्रको अवधारणामा हामी स्पष्ट छौँ । वर्तमान संघीय संरचनामा व्यापक सुधार र बलियो स्थानीय तहको दुई तहको सरकार र गैर-दलीय निर्वाचन प्रणाली हाम्रो प्रस्ताव छ । नेपालको आर्थिक नीति र विकास मार्गलाई पुनरावलोकन गर्दै नयाँ चरणको आर्थिक सुधार ३.० को अवधारणामा मुलुकलाई अघि बढाउन आवश्यक छ। जलस्रोत र ऊर्जा क्षेत्रमा पार्टीले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घोषणा गर्द आउँदो संसद र सरकारमा बलियो उपस्थिति जनाएर राष्ट्र निर्माणको अधुरो सपना पूरा गर्ने वाचा गर्दछौँ ।

यतिन्जेल मैले धेरै प्रश्न गरेको छु, अब म प्रश्न गर्नेसँगै प्रश्न सुन्ने भूमिकामा पनि छु । त्यसैले मलाई सल्लाह, सुझाव, साथ दिन र प्रश्न गर्न अनुरोध गर्दछु । मेरा सबै सामाजिक सञ्जालका एकाउन्टहरू मेरो सार्वजनिक पोस्टबक्स हुन्- खासगरि देशको अर्थतन्त्र बजेट प्रणाली लघु घरेलु तथा साना उद्योगी र व्यवसायीहरू विपन्न र तल्लो मध्यम वर्गसहित निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै संसदमा यी क्षेत्रका मुद्दाहरूलाई गहन रुपमा उठाउने छु ।

मेरो मूल दायित्व समावेशी, समन्यायिक नेपालमा हालसम्म केबल भोट बैंकमात्र मानिएका अपाङ्गता भएका नागरिकहरू अल्पसंख्यक र अवसरबाट बञ्चित समुदायको हकहित रक्षाका लागि सशक्त आवाज बन्ने प्रतिबद्धता जनाउँदछु ।
त्यहाँसम्म पुगेर तपाईँको सशक्त आवाज बन्ने बाटोलाई सुनिश्चित गर्न राप्रपाको हलो चिन्हमा भोट गर्न अनुरोध गर्दछु । किनकी तपाइँहरूले पार्टीलाइ दिने भोट बाट नै म संसदमा प्रश्न गर्ने नैतिक र कानुनी हैसियतमा उपस्थित हुने हो । विस्तृत एजेण्डा राप्रपाको घोषणा पत्रमा रहेकाले अध्ययन गरेर रचनात्मक सल्लाह सुझावका लागि पुन: आव्हान गर्दछु ।

धेरै धेरै धन्यवाद ।

गजेन्द्रसिंह बुढाथोकी राप्रपाका तर्फबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ ।