२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे चार करोड बिगो माग्दै अर्थका उपसचिव ढुंगानाविरूद्ध मुद्दा



अ+ अ-

काठमाडौं । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगाना र उनकी श्रीमतीविरूद्ध मुद्दा दायर भएको छ। शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बिगो माग्दैविशेष अदालतमा मुद्दा दायर गरेको हो।

उपसचिव ढुंगानाले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरू उनले आफूलगायत श्रीमती मधुको नाममासमेत खरिद गरी राखेको पाइएको अख्तियारले जनाएको छ।

अनुसन्धानबाट ढुंगानाले सार्वजनिक सेवामा प्रवेश गरेको मिति (२०४९) देखि २०७५ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७ सय ९५ रुपैयाँ हुनुपर्नेमा उनले गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ अस्वभाविक देखिएको र त्यसमध्ये ४ करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँको स्रोत नखुलेको पाइएको छ।

ढुंगानालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २(ख) बमोजिम गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगो जफत गरी पाउन मागदाबी लिइएको छ।

प्रचलित कानुनअनुसार मधुका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गरिने जनाइएको छ।