२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन



अ+ अ-

गण्डकी। गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कास्की जिल्लास्थित निर्वाचन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

कास्की जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा प्रदेश सुरक्षा निकायका पदाधिकारीसँगको बैठकमा उहाँले निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउनका लागि आआफ्नो जिम्मेवारीअनुसारका कामलाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्नुभयो ।

उक्त अवसर गृहसचिव श्रेष्ठलाई जिल्लाको समग्र सुरक्षा व्यवस्था सम्बन्धमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा निर्वाचनको तयारी सम्बन्धमा मुख्य निर्वाचन अधिकृत हिमलाल वेलवासेले जानकारी गराउनुभएको थियो । बैठकमा गृहसचिव श्रेष्ठसहित प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

गृहसचिव श्रेष्ठसहितको टोली आजै स्याङ्जाको चापाकोट, बाग्लुङको ताराखोला हुँदै पोखरा आएर पोखरामा बैठक सम्पन्न गरी गोरखा जानुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । रासस