५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको भविष्य बदल्नु पर्नेछ : सभापति लामिछाने



रबि लामिछाने
अ+ अ-

तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्नुपर्ने बताउनुभएको छ ।

तनहुँको दमौलीमा आज साँझ आयोजित चुनावीसभामा सभापति लामिछानेले देशलाई अब समृद्धिको दिशातर्फ लैजाने बेला आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशले वर्षौँदेखि देखेको सपना पूरा गर्ने दिन फागुन २१ गते हो । अब देशलाई अगाडि बढाउनुपर्नेछ, त्यसको नेतृत्व हामी गर्छौँ ।”

सभापति लामिछानेले स्वर्णिम वाग्ले तनहुँको मात्र नभई सिङ्गो देशको सम्पत्ति रहेको बताउँदै स्वर्णिमविरुद्ध भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो । सभापति लामिछानेले सहिदको सपना पूरा गर्नुपर्ने भएकाले रास्वपालाई बहुमत दिन आग्रह गर्नुभयो ।

सो सभामा तनहुँ क्षेत्र नं १ का उम्मेदवार डा स्वर्णिम वाग्ले, क्षेत्र नं २ का उम्मेदवार श्रीराम न्यौपानेलगायत सहभागी थिए । रासस